महेन्द्रनगर । असोज १३ गते राति करिब ११ बजे महाकाली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको महाकाली नदीमाथिको झोलुङ्गे पुलको भौतिक तथा पुर्वाधार विकास मन्त्रालय अन्तर्गत को स्थानीय पूर्वाधार विकास विभाग (DoLID) को प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ।
(DoLID) का उपमहानिर्देशक तथा इन्जिनियर कमल कुमार अधिकारी र SBD का वरिष्ठ डिभिजनल इन्जिनियर डा। हुमाकान्त मिश्र सहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गर्दै बाढीबाट भएको क्षति, पुलको वर्तमान अवस्था तथा तत्काल गर्नुपर्ने मर्मत र पुनर्निर्माणका सम्भावनाबारे अध्ययन गरेको हो।
टोलीले पुलको भौतिक अवस्था, बाढीले पुर्याएको क्षति तथा पुलबाट हुने आवतजावतमा परेको समस्याबारे स्थलगत रूपमा जानकारी लिएको जनाएको छ।
एसिया कै दोस्रो लामो झोलुङ्गे पुल इतिहास र पर्यटन प्रवद्धन मा समेत टेवा पुगाई रहेको यो पुल क्षति ग्रस्त भएकै दिन कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद ज्ञानेन्द्र सिंह महता ले आकस्मिक समय लिई सरकारको ध्यान आकर्षण समेत गरेको थियो ।
प्राविधिक टोलीले गरेको स्थलगत अध्ययन र निरीक्षणका आधारमा तयार हुने प्रतिवेदनपछि पुलको मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ। पुल भत्किएपछि स्थानीयवासीको आवतजावत प्रभावित भएकाले यसको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने स्थानीयको माग छ।
Comments are closed.