भीमदत्त–१८ स्थित महेन्द्र माध्यमिक विद्यालअभिमुखीकरणयमा विद्यार्थीका लागि स्वस्थ बानी सम्बन्धी 

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८, कटानस्थित महेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि स्वस्थ बानीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारको सोह्रौँ योजनाले अघि सारेको ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को लक्ष्यलाई स्थानीयस्तरबाट सहयोग पुर्‍याउने उद्देश्यले कञ्चनपुरमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छता (wash)  सम्बन्धी विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्।

जर्मन नेपाल हेल्थ एसोसिएसन (GNHA)  को आर्थिक तथा प्राविधिक सहयोगमा PESWAN भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न विद्यालय तथा समुदायमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।

कार्यक्रमअन्तर्गत विद्यालयमा सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित शौचालयको प्रयोग, महिनावारी स्वच्छता तथा प्याड व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र स्वस्थ व्यवहार प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूलाई सुरक्षित पिउने पानी, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता तथा प्याड व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी जानकारी तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

विद्यार्थीहरूमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी सकारात्मक व्यवहारको विकास गर्ने, सुरक्षित तथा स्वस्थ वातावरण निर्माणमा उनीहरूको भूमिका बढाउने र विद्यालयमा स्वस्थ बानीलाई व्यवहारमै उतार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्वस्थ बानीले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै विद्यालयमा नियमित उपस्थिति र सिकाइमैत्री वातावरण निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विषयमा जोड दिइएको थियो।

विद्यालय तहबाटै स्वस्थ व्यवहारको विकास तथा प्रवर्द्धन गर्दै विद्यार्थी, विद्यालय र समुदायको सक्रिय सहभागितामार्फत स्थानीयस्तरबाटै राष्ट्रिय स्वास्थ्य, सरसफाइ तथा स्वच्छतासम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

सम्बन्धित

Comments are closed.