स्वर्गीय आमाबुवाको सम्झनामा वृद्धाश्रममा भोजन सहयोग

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–३ का देवबहादुर महरा र उहाँकी धर्मपत्नी गौरी महराले आफ्ना स्वर्गीय आमाबुवाको स्मृतिमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन सहयोग गर्नुभएको छ। आफ्ना स्वर्गीय आमाबुवाको श्राद्धको अवसर पारेर महरा दम्पतीले वेदकोट नगरपालिकाको रौटेलामा रहेको वृद्धाश्रममा पुगेर त्यहाँ आश्रित आमाबुवालाई भोजन खुवाउनुभएको हो।

श्राद्धका दिन आफ्ना दिवंगत आमाबुवाको सम्झनामा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएर उहाँहरूले सामाजिक तथा मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नुभएको छ। आमाबुवाको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै आश्रममा रहेका ज्येष्ठ नागरिकसँग समय बिताउनुका साथै भोजनसमेत गराइएको जनाइएको छ।

देवबहादुर महरा र गौरी महराले आमाबुवाको सम्झनामा गरिएको यस प्रकारको सहयोगले ज्येष्ठ नागरिकप्रति सम्मान र सामाजिक उत्तरदायित्वको भावना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

साथै दम्पतीका नाती र नातनी बुहारीले हाल अष्टेलिया रहेका जेष्ठ नाती सन्दिप महरा र नातनी बुहारी सबिता महरा यसैगरी कान्छा नाती हाल माल्टा रहेका सुमित महरा र नातनी बुहारी सरिता महराले यस्तो कार्य गरे वाफत आफना बुवा र आमालाई सम्मान व्यक्त गरेका छन । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकले समेत भोजन सहयोगका लागि महरा दम्पतीप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

सम्बन्धित

Comments are closed.