कृष्णपुर २ को नयाँवस्तीमा जैविक तटबन्धनपछि बाढी आउँदा भाग्नुपर्ने बाध्यता हट्दै

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँवस्तीका स्थानीय पछिल्लो समय बाढी तथा नदी कटानको समस्याबाट मुक्त भएपछि खुसी भएका छन् । विगतमा बन्द नदीमा आउने बाढीले खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गर्ने तथा बस्ती नै विस्थापित हुने अवस्था सिर्जना भएपछि स्थानीयले लामो समयदेखि हैरानी खेप्दै आएका थिए ।

बर्खायाममा चुरे क्षेत्रमा वर्षा हुँदा बन्द नदीमा एक्कासि ठूलो बाढी आउने र नदीले धार परिवर्तन गर्दै खेतीयोग्य जमिन तथा बस्तीमा क्षति पु¥याउने गरेको थियो । बाढी तथा कटानको जोखिमका कारण स्थानीय रातभर जाग्राम बस्नुपर्ने र जोखिम बढेपछि सुरक्षित स्थानतर्फ जानुपर्ने बाध्यता रहेको थियो ।स्थानीयको समस्या समाधानका लागि प्रोस्पर ग्लोबलको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (ल्ल्क्ध्ब्) को आयोजनामा सञ्चालित जलवायु उत्थानशील समुदाय परियोजना अन्तर्गत बन्द नदीमा जैविक तटबन्धन निर्माण गरिएको हो ।

जैविक तटबन्धन निर्माण भएपछि नदी कटान तथा बाढीको जोखिममा कमी आएको स्थानीयको भनाइ छ । बन्द नदी विपद् व्यवस्थापन समितिका अध्यक्ष शिव नेपालीले विगतमा वर्षायाममा बाढीको त्रासले स्थानीय रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आकाशमा बादल लाग्यो, पानी पर्नेजस्तो भयो भने चुरेमा पनि पानी परेको समयमा बन्द नदीमा ठूलो बाढी आउँथ्यो ।

आफ्ना बालबच्चा समातेर भाग्नुपर्ने अवस्था थियो । रातभर जाग्राम बसेर बाढीको अवस्था हेर्नुपर्ने बाध्यता थियो ।”तर अहिले जैविक तटबन्धन निर्माण भएपछि बाढी आए पनि बस्तीमा नदी पस्न नसकेको उहाँले बताउनुभयो । “जैविक तटबन्धन निर्माण भएको दिनदेखि बाढी आए पनि बस्तीमा पस्न सकेको छैन। यसले हामीलाई सुरक्षा दिएको छ । अहिले पहिलेको जस्तो डर र त्रासमा बस्नुपर्ने अवस्था छैन,” अध्यक्ष नेपालीले भन्नुभयो ।

सुमित्रा सुनारले जैविक तटबन्धनले नदीको बहाव नियन्त्रण गर्नुका साथै कटान रोक्न सहयोग पुगेको बताउनु भयो । यसबाट घरबस्ती र खेतीयोग्य जमिन संरक्षण हुनुका साथै विपद्को जोखिम न्यूनीकरणमा समेत सहयोग पुगेको उहाँको भनाइ रहेको छ ।

स्थानीयले जैविक तटबन्धन प्रभावकारी देखिएको भन्दै नदीको जोखिमयुक्त अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नुपर्ने माग गरेका छन् । उनीहरूले स्थानीय सरकार तथा सम्बन्धित निकायले आगामी दिनमा समेत बजेट तथा प्राविधिक सहयोगलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

परियोजना संयोजक महेश घिमिरेले परियोजना अन्तर्गत गत वर्ष दुई सय मिटर जैविक तटबन्धन निर्माण गरिएको र त्यसपछि कृष्णपुर नगरपालिकाको समन्वयमा थप एक सय मिटर लामो जैविक तटबन्धन निर्माणका लागि नगरपालिकाले दुई लाख रुपैयाँ बजेट सहयोग गरेको बताउनु भयो ।

यस्तै, पालिकाले अन्य खल्लागोठ क्षेत्रमा समेत दुई लाख रुपैयाँ तथा वडा नम्बर ३ मा तीन लाख रुपैयाँ सहयोग गरेको जानकारी गराउनु भयो । उक्त जैविक तटबन्धनमा संस्थाले ३ लाख त्त८ हजार १ सय ४९ जनश्रमदान १ लाख ५७ हजार २ सउय ८१ गरी कुल लगानी ५ लाख २३ हजार ४ सय ३० रुपैँया लागेको उहाँले जानकारी दिनु भयो ।

, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले पालिकामा विभिन्न ठुला नदीहरु मछली, मोहना, बनहरा, बन्द रहेको भएर आफैमा जोखिम रहेकामे बताउनु भयो ।विगतका दिन भन्दा यी नदीहरुले कम क्षती गरेको र समुदायमा जेविक तटबन्धन ले केही राहत भएको बताउनु भयो । साझेदार संस्थाहरु संग मिलेर विभिन्न क्षेत्रमा जैविक तटबन्धमा काम गरेको र पालिकाले वडा नम्वर २ मा ५ लाख बढी आर्थिक सहयोग गरेको र आगामी दिनमा पनि विपदको क्षेत्रमा काम गर्नका लागी आर्थिक सहयोग गर्ने बताउनु भयो ।

पालिकाले विपद कोषको पनि निर्माण गरेको र हाल उक्त कोषमा ६० लाख बढी रकम रहेको पनि जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.