झर्नाखोलाले उर्बरा जमिन क्षयिकरण गर्दै, किसान मारमा सरकार हेरेको हे¥रै

महेन्द्रनगर । कञ्चनपुरको झर्नाखोलाले कृषियोग्य जमिन उर्बराभूमी कटान गरिरहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्गम भएको झर्नाखोलाले बेलडाँडी र बेलौरीको खेतियोग्य उर्बराभूमिकटान गरिरहेको हो ।
गत असोज दोस्रो साता कञ्चनपुर सहित देशभर अबिरल रुपमा परेको बर्षातले खोलाको सतह बृद्धि भएर अहिले घट्ने बेला तटिय क्षेत्रको खेतीयोग्य जमिन क्षयिकरण गर्न लागेको छ ।
बेलौरी नगरपालिका ८, ९ र बेलडाँडी गाँउपालिका १ का किसानको उर्बरा जमिन कटानी गर्न लागेपछि किसान चिन्तित भएका छन । खोलाको कटानीले खेतियोग्यभूमि कटानी शुरुवात भएको निकट भविष्यमै भयानक रुप लिदै खेतीयोग्यभूमि मरुभूमिकरणमा परिणत हुने चिन्ता व्यक्त गरिएको छ । खोलाको मुहानदेखि पुछारसम्मै कटानी गरिरहेको छ ।
बेलडाँडी गाँउपालिका १ झर्नासागर टोलका लाल बहादुर डगौरा चौधरीको धान सहितको खेतमा खोलाले कटानी गरेको छ । चौधरीले लगाएको धान सहितको जमिन क्षयीकरण गरेको हो । स्थानीय लाल बहादुर चौधरीले रौतेलिविचुवाको भट्टाभर्ना जमिन त्यहाँ पाएका थिए । अढाई दशकदेखि उनको जमिन कटानी नगरेको खोलाले यस बर्ष गरेपछि चिन्तित भएका छन ।
बेलौरी नगरपालिका ९ झर्नासागर भुर्षा टोलका स्थानीय बिर्छा राना सहितको तटिय क्षेत्रको जमिन कटानी गरिरहेको छ । झर्नाखोलाको मुहान बेलडाँडी १ दोकट्टादेखि बेलौरी नपा ८ कलकत्तासम्मै हेड टु टेलसम्मै कटान, पटान गर्न थालेपछि किसान मारमा परेका छन ।

खोलाले उचो भागमा कटानी र हिचो भागमा पटान गर्दै आएको छ । तर देशमा वडादेखि केन्द्रसम्म जनप्रतिनिधी सरकार छ, जनता मारमा पर्दै छन, तटबन्ध निर्माणको साटो सरकार हेरेको हे¥रै छ ।
निकुञ्जबाट बेलडाँडी १, बेलौरी ९ भएर बग्ने झर्नाखोलाले गत विगतका बर्षहरुमा यसरी नै खेतीयोग्य जमिन कटान, पटान गर्न थालेपछि स्थानीय किसान मारमा पर्दै आएका छन । खानलाउने खेत नै झर्नाखोलाले कटान, पटान, क्षयिकरण गर्न थालेपछि स्थानीय मारमा परेका हुन ।

देशका तीन सरकार छन, तर यसरी किसानको खेतियोग्य जमिन कटानी हुँदा नियन्त्रणका लागि तटबन्ध सहितका योजना समेत नल्याउँदा जनता सरकार मात्रै होईन सरोकारवालासंग समेत अशसन्तुष्ट भएका छन । बेलडाँडी १का वडाध्यक्ष गज बहादुर विष्टले वडासंग तटबन्ध निर्माणका लागि पर्याप्त बजेट नहुँदा प्रदेश, केन्द्रसगै मागेर जहाँ जहाँ कटान भएको हो त्यहाँ तटबन्धका योजना मागेर किसानको खेतीयोग्य जमिन जोगाउने बचन दिए ।

सरकारले कृषि जस्तो सम्वेदनशिल क्षेत्रमा देखिएको समस्या समाधानका लागि गम्भिर हुनुपर्ने नागरिकको माग छ । स्थानीयले चुनावका बेलामा मात्रै दल, तिनका उम्मेदवारका घोषणा पत्रमा झर्नाखोला नियन्त्रणको योजना भएपनि चुनाव जितेपछि भुल्ने प्रवृतिले आफुहरु मारमा पर्दै आएको बताए ।

ठुलो क्षति भएपनि पुर्ननिर्माण भन्दा पनि सानै क्षति हुँदादेखि निर्माण गरि समयमै किसानको खेतीयोग्य जमिन जोगिनेदेखि राज्यको पनि कम लगानी लाग्ने स्थानीयको भनाई छ ।

सम्बन्धित

Comments are closed.