निड्स नेपालद्वारा राजनीतिक नेतृत्व तथा सरोकारवालासँग समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था निड्स नेपालले महिला सशक्तीकरण केन्द्रका सदस्य, समुदायका अगुवा, राजनीतिक नेतृत्व तथा सरकारी सरोकारवालाहरूसँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । कोइका र अक्सफाम नेपालको सहयोग तथा निड्स नेपालको आयोजनामा सञ्चालित ‘इम्पावरिङ हर’ कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरएिको हो ।

संस्थाका उपाध्यक्ष तारादेवी धामीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडै अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी, संस्थाका परियोजना संयोजक नवीनचन्द्र भट्ट, मूल्याङ्कन अधिकृत पुष्पा जोशी तथा परियोजनाका कृषि अधिकृत हेमन्त महरालगायतको उपस्थिति रहेको थियो । बैठकमा भीमदत्त नगरपालिका–४, १३, १४, १६ र १८ मा रहेका महिला सशक्तीकरण केन्द्रका सदस्यहरूको सहभागिता रहेको थियो ।

बैठकमा महिला सशक्तीकरणका सवाल, समुदायमा महिलाको सहभागिता तथा नेतृत्व विकासका लागि सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल गरिएको परियोजना संयोजक भट्टले जानकारी दिनुभयो ।

महिला सशक्तीकरण केन्द्रको प्रभावकारिता अभिवृद्धि गर्ने, महिलाका सवालमा समुदायका अगुवा तथा राजनीतिक नेतृत्वसँग समन्वय र सहकार्य बढाउने र सरकारी सरोकारवालाहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले बैठक आयोजना गरिएको उहाँले बताउनु भयो। साथै, नेतृत्व विकास तर्फ उन्मुख गर्न उत्प्रेरणा प्रदान गर्नका लागी यो कार्यक्रमको आयोजना गरीएको उहाँले बताउनु भयो ।

यसैगरी सहभागी भीमदत्त नग।पालिका १६ रामजानकी महिला शसक्तिकरणकी संयोजक प्रमिला रावलले महिलाको अधिकार, सहभागिता र नेतृत्व विकासलाई प्रभावकारी बनाउन आफुहरुले भुमिका निर्वाह गर्ने बताउनु भयो । साथे विभिन्न वडा सदस्यहरु, उपप्रमुखहरुको कुराहरु सुनेर आफुहरु पनि भोलीको जनप्रतिनिधीको भुमिका निर्वाह गर्न सक्ने उत्प्रेरणा पाएको बताउनु भयो ।

स्थानीय तह, सामाजिक संस्था, राजनीतिक नेतृत्व तथा समुदायका अगुवाहरूबीच सहकार्य आवश्यक रहेको विषयलाई बैठकले प्राथमिकतामा राखेको थियो ।

सम्बन्धित

Comments are closed.