एमपी ग्रुपका युवाद्वारा मुसेपानीकी मसुरी डगौराको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–६, मुसेपानी की मसुरी डगौराको उपचारका लागि दक्षिण कोरियामा रहेको युवाहरूले आर्थिक सहयोग गरेका छन् ।

वेदकोट ६ र ७ मुसेपानी गाउजीमा स्थायी बसोबास गर्दै आएका र हाल रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेको एमपी ग्रुपका युवाहरूले आपसमा रकम संकलन गरी डगौराको उपचारका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

डगौराको मुत्रनलीमा पत्थरीको समस्या रहेको र आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको जानकारी पाएपछि युवाहरूले उपचारमा सहजता होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको उनकी छोरी सम्झना दहितले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेकी डगौरालाई सहयोग रकमले केही राहत पुग्ने अपेक्षा गरिएको छ । विदेशमा रहेर पनि आफ्नो गाउँठाउँका नागरिकको दुःखमा साथ दिँदै युवाहरूले गरेको सहयोगले सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावनालाई उजागर गरेको छ ।

समस्यामा परेका व्यक्तिलाई समयमै सहयोग गर्न सके उपचारमा सहजता पुग्नुका साथै मानवीय सेवाको भावना पनि बलियो बन्ने विश्वास गरिएको छ ।

सम्बन्धित

Comments are closed.