महेन्द्रनगर । कञ्चनपुरमा क्रियाशील सामाजिक संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले ‘उत्थानशील भविष्यः बालविवाहको अन्त्य’ परियोजनाको संयुक्त अनुगमन सम्पन्न गरेको छ।अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा प्लान इन्टरनेसनल नेपाल र पेसवानको साझेदारीमा सञ्चालित परियोजनाको भीमदत्त नगरपालिका, कृषि ज्ञान केन्द्र कञ्चनपुर र पत्रकारहरूको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो।

भीमदत्त नगरपालिकाका वडा नम्बर १ र ३ मा सञ्चालन भइरहेको परियोजनाअन्तर्गत लाभग्राहीहरूलाई सहयोग गरिएका विभिन्न आयआर्जनमूलक तथा कृषि गतिविधिको अनुगमन गरिएको छ। अनुगमनका क्रममा परियोजनाको सहयोगमा सञ्चालन गरिएका कुखुरापालन फार्म, बंगुरपालन, तरकारी खेती तथा सिँचाइका लागि निर्माण गरिएका बोरिङको अवस्थाबारे जानकारी लिइएको थियो।

भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले संस्थाले विषेश गरेर पढदै कमाउदै भन्ने उदेश्यको साथमा १८ देखी २४ वर्षका युवतीहरु लक्षित कार्यक्रम अति नै लाभदायी देखिएको बताउनु भयो ।
उनिहरुले अध्ययनको साथै आफनो माग अनुरुप कुखुरा पालन, तरकारी खेती बंगुर पालनमा राम्रो काम गरेको पाइएको बताउनु भयो । कृषी ज्ञान केन्द्र कञ्चनपुरका बाली संरक्षण अधिकृत सत्यराज जोशीले परि।योजनाले वेरोजगार र अध्ययन गर्दै गरेका र वाल विवाह गरेकाहरुलाइृ उत्पादन मुखी बनाएको राम्रो पक्ष रहेको बताउनु भयो।
परियोजनामार्फत प्रदान गरिएको सहयोगले लाभग्राहीहरूको जीविकोपार्जनमा पारेको प्रभाव, कृषि तथा पशुपालन व्यवसायको अवस्था र आयआर्जनका अवसरबारे अनुगमन टोलीले अवलोकन गरेको परियोजनाका संयोजक लक्ष्मण विष्टले जानकारी दिनुभयो ।
बालविवाह न्यूनीकरणका लागि बालबालिका, किशोरकिशोरी तथा समुदायमा सचेतना अभिवृद्धि गर्नुका साथै परिवारको आर्थिक अवस्था सुदृढ बनाउन आयआर्जनका गतिविधिलाई प्रोत्साहन गर्नु परियोजनाको उद्देश्यसँग जोडिएको बताउनु भयो ।
आर्थिक सशक्तीकरणले परिवारलाई आत्मनिर्भर बनाउन र बालविवाहजस्ता सामाजिक समस्याको न्यूनीकरणमा सहयोग पुर्याउन सक्ने अपेक्षा गरिएको छ। संयुक्त अनुगमनबाट परियोजनाअन्तर्गत सञ्चालित गतिविधिको अवस्था बुझ्नुका साथै लाभग्राहीले प्राप्त गरेको सहयोगको प्रभावकारिता र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा जानकारी प्राप्त भएको छ।
Comments are closed.