अछामको मेल्लेख गाउँपालिकाले विकास निमार्ण कार्यमा युवालाई परिचालन गरेको छ । पालिकाभित्र हुने विकास निमार्णका कार्यमा युवालाई सहभागिता गराई रोजगार सिर्जना गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाइएको हो ।
पत्रकार सम्मेलनको आयोजना गरी अछामको मेल्लेख गाँउपालिकाले दिगो विकास र रोजगार युवाको सरोकार भन्ने नाराका साथ विकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताउनु भयो । सुरुवाति चरणमा पालिकाको विभिन्न वडामा विद्युत विस्तारका लागि ५० जना युवा परिचालन गरिएको अध्यक्ष बोहराले बताउनु भयो ।
साथै उहाले कोरोनाका कारण रोजगार गुमाएर गाउँ फर्केकाको तथ्यांक राखेका र त्यहिअनुरुप रोजगारतर्फ सहभागि गराउने कार्ययोजना रहेको बताउनु भयो । आफ्नो पालिका भित्रका युवालाई रोजगारका लागि बाहिर जाने वातावरणको अन्त्य गर्ने अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताउनु भयो ।
पालिकामा युवा स्वरोजगार कार्यक्रमका लागि चार करोड २२ लाख ९१ हजार ३ सय रुपैया बजेट रहेको र ९ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने कार्ययोजना अछामको मेल्लेख गाउँपालिकाले बनाएको छ । अछामको मेल्लेख गाउँपालिका भित्रका ८ सय ३५ जनाले बेरोजगार फारम भरेका छन् ।
गाउँपालिकाकाले श्रम तथा उत्पादन मुलक रोजगारमा ८२ घरपरिवारलाई भैसीपालन,१ सय २८ घरपरिवारलाई बाख्रापालन तथा फार्म, ११ घरपरिवारलाई कुखुरा पालनमा लगायतका व्यवसायमा सलग्न गराएको छ । कार्यक्रममा अछामको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले विकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन समेत रहेको बताउनु भयो । उहाले बिषेश गरी बालबिवाह न्युनिकरण र छाउपडि कुप्रथा अन्त्यका लागी निकै चुनौती रहेकाले अब ठोस कार्य योजना बनाएर आगाडी बढ्ने बताउनु भयो ।
Comments are closed.