फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुष्टि

बैतडीमा भेटिएको दोस्रो फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुष्टि भएको छ । फेला परेको फलाम खानी क्षेत्रमा बिजुली र बाटो पु¥याउँन सके चार महिनामै उद्योग प्लान्ट स्थापना गर्न सकिने कम्पनीले दाबी गरेको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राईभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा गत चैतमा बैतडीको सिगास   गाउँपालिका वडा नम्बर १ सुगरखालको लुहारपानीमा फलाम खानी भेटिएको हो । माईन बिछ्याएर फलाम खोज तलास गर्दा ३८ प्रतिशत म्याग्नाईट आईरन भेटिएको कम्पनीका अध्ययन टोली सदस्य मनदीप पौडेलले बताउनु भयो । म्याग्नाइट आईरनमा पाईने ‘म्याग्नाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । बैतडी–बझाङको जयपृथ्वी मार्गको बिन्द्रावनबाट तीन किलोमिटर दक्षिणमा फलाम खानी रहेको छ ।

 फलामखानीबाट करिब ११ किलोमिट दूरीमा पर्ने पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । पौडेलले अध्ययनको ८० प्रतिशत काम सकिएको बताउदै परीक्षणका लागि उत्खनन् गरिएको म्याग्नाइटमा औसातमा ३८ प्रतिशत फलाम भेटिँदा उत्साहित भएका बताउनु भयो । तर, खानी उत्खनन गरेर प्लान्ट स्थापना गर्नुअघि आवश्य भौतिक पूर्वाधार बाटो, बिजुली र खानेपानी छैन । फलाम खानी उत्खनन अघि आवश्यक भौतिक पूर्वाधारका निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताउनुभयो ।

 अधिकारीले तीन किलोमिटर सडक र ११ किलोमिटर टाढा रहेको बिजुली फलाम खानीसम्म पु¥याउन सके चार महिनामै प्लान्ट स्थापना गर्न सकिने बताउनु भयो । प्लान्ट स्थापना गर्न पाँच मेघावाट बिजुली आवश्यक पर्ने देखिएको बताउदै त्यसका लागि सरकारले बिद्युत लाईन बिस्तार गर्न पहल गरिदिए छिट्टै प्लान्ट स्थापना गर्ने बताउनु भएको हो । फलाम खानी भेटिएको आसपासकै क्षेत्रबाट चमेलिया जलुबिद्युतको ३० मेघावाट बिजुलीका तार कैलालीको अत्तरीया लगेर बैतडी जिल्लाका लागि हाल ः तीन मेघावाट बिजुली प्रदान गरिएको छ ।

 फलाख खानीको प्लान्टलाई अवश्यक पर्ने पाँच मेगावाट बिजुलीका लागि तीन मेघावाट क्षेमताको बिद्युतका उपकरणले धान्न नसक्ने भएकोले यो विषयमा प्रदेश सरकार र केन्द्र सरकारले चमेलियाको बिजुली के कसरी दिन सकिन्छ भन्ने विषयमा सर्वे गरेर निर्णय गर्नुपर्ने कम्पनीले बताएको छ । फलाम खानी सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन कम्पनीले प्रदेश वन मन्त्रालय र सङ्घीय वन मन्त्रालयलाई अनुरोध पत्र पठाए पनि कुनै लिखित जवाफ आइनसकेको कम्पनीले जनाएको छ । फलामखानी सञ्चालनमा आए स्थानीय र प्रदेश स्तरमा रोजगारी सिर्जना हुने बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिं धामीले बाउनुभयो । फलामखानी अध्ययन गर्न आएको टोलीलाई स्थानीय सरकारले सक्दो सहगोग गरिरहेको धामीले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.