मानवतावादी जयपृथ्वीको राष्ट्रिय स्वाभिमान

वि.सं. २०७२ सालतिर तत्कालिन सांसद चन्द्रा जोशीज्यूको मनोभावनाका साथ सम्पर्क हुँदा मसँग उपर्युक्त ऐतिहासिक व्यक्तित्व जयपृथ्वीको जीवनी प्रकाशोन्मुख अवस्थामा रहेको कुरा प्रस्तुत भै सो पुस्तक “जयपृथ्वी मानवतावाद दर्शन” (२०७३) प्रकाशनार्थ सहयोग रकम मध्ये ८०,०००। जयपृथ्वी न.पा. बझाङ्गबाट पेश्की स्वरुप मलाई उपलब्ध भएको र सांसद जोशीज्यू र जयपृथ्वी न.पा. बझाङ्गका तत्कालिन कार्यकारी अधिकृत श्री प्रज्वल घिमिरेज्यू (द्धय) को मन्तव्य सहितको प्रकाशित पुस्तक विमोचन कार्यक्रम काठमाडाँै स्थित सु.प.स.मं.वा सु.प. कैलाली–धनगढी अथवा जयपृथ्वी न.पा. बझाङ्गमा गरिने बारे सम्बन्धित निकायसँग अनुरोध गरिंदा अनुत्तरका कारण २०७४÷१÷१४ मा कञ्चनपुरका प्र.जि.अ. श्री मनोहर प्र.खनाल ज्यूद्वारा उक्त पुस्तकको विमोचन सु–सम्पन्न गरिएको । तर जयपृथ्वीको जीवन–व्यक्तित्वको इतिहासलाई सरकारले शैक्षिक पाठ्यक्रमबाट हटाइएका कारण उक्त पुस्तकीय प्रचारप्रसार व्यापकतामा निष्क्रिय रहनु पर्दा ती पुस्तकहरु Box-Pending मै रहेका छन् । उक्त पुस्तकवापत प्राप्त हुने आर्थिक स्रोत जयपृथ्वीको प्रतिमा (Statue) र संग्रहालय संस्थापनार्थ समर्पित अवधारणा एवं उत्कट अभिलाषालाई कायम राख्दै जयपृथ्वीको मानवतावादी व्यक्तित्वप्रति आस्थावान विज्ञजनहरुको अभिमत–अपेक्षाका साथ सफल उद्देश्यको प्रतिक्षामा छुँ ।
राष्ट्रिय शिक्षा, स्वास्थ्य, पत्रकारिता, समाजसेवा सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शान्ति, विश्व–वन्धुत्व जस्ता अनेक कार्य गर्दै दोस्रो गौतम बुध्दका रुपमा विश्व सम्मानित मानवतावादी जयपृथ्वी ब. सिंहको जीवन्त ऐतिहासिक व्यक्तित्व बारे वि.सं. २०३५ र २०५५ को पुस्तकीय प्रकाशनपछि वि.सं. २०५७ मा नेपाल सरकारबाट मा.वि., नि.मा.वि. तथा उ.मा.वि. को शैक्षिक पाठ्यक्रममा लागू गरियो । जयपृथ्वीको व्यक्तित्वलाई विश्वविद्यालयस्तरमा समेत लागु हुने गरी जयपृथ्वीलाई राष्ट्रिय विभूतिको सम्मान दिइनुपर्नेमा वि.सं. २०७३ मा “जयपृथ्वी मानवतावाद दर्शन” पुस्तक प्रकाशनको लगत्तै उक्त विषयवस्तुलाई पाठ्यक्रमबाट हटाईदा सो पुस्तकको विमोचन पश्चात् जयपृथ्वी योगदानको उचित मूल्याङ्कनको लागि नेपाल सरकारमा निम्न मांगहरुका साथ ज्ञापन–पत्र प्रेषित गरिएको थियो ।
१. विद्यालय स्तरको पाठ्यपुस्तकमा जयपृथ्वीको जीवनी समावेस गरिनुपर्ने ।
२. विश्व विद्यालय स्तरमा अध्ययन, अनुसन्धान केन्द्र खोलिनु पर्ने ।
३. जयपृथ्वी ब. सिंह पत्रकारिता विश्वविद्यालय खोलिनुपर्ने ।
४. जयपृथ्वीलाई “राष्ट्रिय विभूति” घोषणा गरिनुपर्ने ।
५. जयपृथ्वी “राष्ट्रिय पत्रकारिता पुरस्कार” घोषणा गरिनुपर्ने ।
६. जयपृथ्वी “राष्ट्रिय शिक्षा पुरस्कार” घोषणा गरिनुपर्ने ।
७. जयपृथ्वी “मानवतावाद पुरस्कार” घोषणा गरिनुपर्ने ।
८. जयपृथ्वी “बाल पुरस्कार” घोषणा गरिनुपर्ने ।

उपर्युक्त ज्ञापनकर्ताहरु हुन् –
१. आत्मज्ञान–प्रतिष्ठान, कञ्चनपुरका अध्यक्ष श्री ऋषिराज लुम्साली
२. मानसखण्ड विकास समाज, नेपालका अध्यक्ष श्री मानबहादुर चन्द ‘मनि’ ।
३. ऐ.वि. समाजका सचिव आचार्य श्री घनश्याम लेखक ।
४. शुक्लाफाँटा सामुदायिक पुस्तकालय, कञ्चनपुरका व्यवस्थापक श्री ऐन बहादुर सिंह ।
५. जयपृथ्वी–जीवनी कृतिकार – उत्तमबहादुर सिंह, हाल कञ्चनपुर ।
माथि उल्लेखित (मिति २०७४÷२÷३) ज्ञापन पत्र मिति २०७४÷७÷१० तथा २०७५÷५÷१४ मा सम्मानीय प्रधानमन्त्री ज्यू, माननीय शिक्षा मन्त्री ज्यू, ७ नं. प्रदेशका मुख्य मन्त्री ज्यू लगायत विभिन्न निकायमा समेत उपर्युक्त मागहरु प्रेषित गरिएको र अद्यपि जारी नै छ ।
वि.सं. २०३५ को प्रकाशनपछि २०३६ भाद्र ७ गते कवि नाटककार बालकृष्ण समज्यूको अध्यक्षतामा प्रथमपल्ट १०३औँ जयपृथ्वी जन्म–जयन्ति तथा सत्वार्षिक समारोह मनाइएको । २०३७ मा जयपृथ्वीका नाउँको रु २ः३० को हु. रजिष्ट्री टिकट प्रकाशित । २०५१ मा सु.प. प्रतिष्ठान र २०५२ मा श्री मीनबहादुर सिंहको अध्यक्षतामा (काठमाडौँ) “जयपृथ्वी उद्यान” संस्थापन । २०६१ भाद्र ७ गते श्री लक्ष्मण उपाध्याय (बझाङ्गमा) को अध्यक्षतामा “जयपृथ्वी मानवतावादी संघ” र श्री रीनु सिंह (काठमाडौँ) को अध्यक्षतामा “नेपाल मानवतावाद संघ” संस्थागत प्रयास गरिएको । २०५४ मा नेपाल सरकारबाट (डडेल्धुरा) खोड़पे बझाङ्ग मार्गलाई “जयपृथ्वी मार्ग” घोषित । २०५५ बैशाख २४ गते गोरखापत्र संस्थान काठमाडौँ (प्राङ्गण) मा जयपृथ्वीको प्रतिमा अनावरण र “मानवतावादी जयपृथ्वी जीवन संसार” (२०५५) पुस्तक विमोचित । २०७१ मा सरकारबाट बझाङ्गमा ६ वटा गा.वि.स. क्षेत्रलाई “जयपृथ्वी नगरपालिका” घोषित । ती उपलब्धीहरुको यथार्थ विवरण उपर्युक्त प्रकाशन २०७३ मा उल्लेख गरिएको छ । जयपृथ्वीले आफ्नो जन्मथलो बझाङ्गदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका अनुपलब्ध कृतित्व–अभिलेखहरु News Papers समेत उक्त पुस्तिकामा समाविष्ट छन् । Original अभिलेखको अंग्रेजी भाषामा अनुवादित “JayprithviÚs Philosophy of Humanism” प्रकाशोन्मुख पुस्तकका साथ प्रकाशमा ल्याईने छ । साथै उपर्युक्त ३ वटै पुस्तकहरुको प्रकाशन बारे तत्तत् समयमा “गोरखापत्र र कान्तिपुर” पत्र–पत्रिका तथा विभिन्न विद्वतजनहरुबाट प्रकाशित मन्तव्य एवं समीक्षा समेत उक्त पुस्तक (२०७३) मा उल्लेखित छन् । वि.सं. १९९७ मा जयपृथ्वीको मृत्युबारे मद्रासको प्रसिध्द हिन्दु–अंग्रेजी पत्रिकाले “दोश्रो गौतम बुध्दको मृत्यु” भयो भनेर टिप्पणी लेखेको उल्लेख पाईन्छ । जयपृथ्वी बारे वि.सं. २०४८ साल आषाढमा गो.प. ईतिहासकार ग्रीष्मबहादुर देवकोटाको वेदनात्मक टिप्पणी यसप्रकार थियो – “संसारले त्यसैबेला चिन्यो जयपृथ्वीलाई, तर नेपालले अझै चिन्न सकेन !”
जयपृथ्वीका मानवतावादी व्यक्तित्वको यथायोग्य सारगर्भित सम्मान हुन नसके तापनि हालै प्राप्त जानकारी अनुसार काठमाडौँमा श्री मीनबहादुर सिंह र श्री रतन भण्डारी द्वय को प्रयासमा Jaiprithvi Foundation को संस्थागत पुनरारम्भ भएको खबर प्राप्त हुँदा सो Foundation ले जयपृथ्वीको मानवतावादी मार्ग–दर्शनबाट राष्ट्रिय शैक्षिक मानसिकताको दूरगामी सारगर्भित सक्षमता ल्याओस् । प्रस्तुत सुझाव एवं शुभकामना “जयपृथ्वी उद्यान” काठमाडौँको च.नं. १८ मिति २०५३÷१०÷८ का पत्रानुसार मलाई प्राप्त हुन आएको “मानार्थ सदस्यता” को हैसियतले प्रेषित गरेको छुँ ।

                                                                                                                              – उत्तम बहादुर सिंह

सम्बन्धित

Leave A Reply

Your email address will not be published.