मुलुक कोरोना महामारीसँग जुधिरहेको छ । संक्रमितले उपचारका लागि अस्पतालमा बेड पाएका छैनन् । बेड पाउनेले पनि अक्सिजन पाउन सकेका छैनन् । यहीबेला अर्थ मन्त्रालय भने १५ जेठमा ल्याउने बजेटको तयारीमा जुटेको छ ।

जेठ १५ को दिन संघीय सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट आउने छ । यो वर्ष पनि बजेट भने महामारीको अर्थतन्त्रमा परेको प्रभावबारे विस्तृत अध्ययन र पूर्वानुमानबिना नै बन्ने छ । किनकि अर्थ मन्त्रालयले बजेटको तयारी थाल्नुअघि अर्थतन्त्र सामान्य अवस्थामा थियो । मन्त्रालयहरूले सोही अनुसार कार्यक्रम र बजेट बनाएर अर्थमा पठाएका थिए ।
तर, पछिल्लो दुई सातायता अत्याशलाग्दो गरी बढेको महामारीले अर्थतन्त्रमा पुनः नराम्रोसँग धक्का पुर्याएको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य भने बजेट महामारी नियन्त्रण तथा यसको अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरणमै केन्द्रित हुने बताउँछन् ।
यद्यपि कोरोनाको दोस्रो लहर कतिसम्म जाने र अर्थतन्त्रमा कति गहिरो प्रभाव पार्ने छ भन्ने पूर्वानुमान भने गर्न नसकिने उनी बताउँछन् । ‘महामारीबाट माथि उठ्दै अर्थतन्त्र चलायमान बनाउनुपर्ने चूनौति छ,’ उनी भन्छन्, ‘बजेट सोही लक्ष्यमा केन्द्रित हुनेछ ।’
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार दोस्रो लहर यसरी घातक रूपमा आउला भन्ने आकलन थिएन । पछिल्लो निषेधाज्ञाको अवधि समेत धेरै लामो नजाने र एक वा दुई सातामै आर्थिक गतिविधि पुनः सामान्य अवस्थामा फर्कने अनुमान गरिएको थियो ।
सोहीकारण अघिल्लो साता केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै भनेको थियो, ‘दुई सातापछि यस आर्थिक वर्षको अन्तिमसम्म विश्वव्यापी संक्रमण कोभिड-१९ को असर सामान्य रहने र आर्थिक क्रियाकलाप सामान्य किसिमले सञ्चालन हुने विश्वास गरिएको छ ।’
विभागले कोरोनाबाट आवास तथा भोजन सेवाको क्षेत्रमा भने सुधार हुन अझै लामो समय लाग्ने अनुमान गरेको थियो । विभागका निर्देशक इश्वरीप्रसाद भण्डारीका अनुसार त्यो अनुमान दूरगामी थिएन, तत्कालिन अवस्थाको विश्लेषण गरी आएको हो ।