भाग ३ जयपृथ्वी मानवतावाद दर्शन

११      “जयपृथ्वीबहादुर सिंहको सम्झनामा एक उद्गार
दरबार स्कूल अंग्रेजी माध्यमले शिक्षा दिइने स्कूल थियो । देवशम्शेरले सर्वसाधारण जनतालार्ई शिक्षा दिन खोलिएका पाठशालाहरूमा भने नेपाली माध्यमले शिक्षा दिने प्रयास गरिएको हामी पाउँछौं । यसै हुँदा तत्कालिक आवश्यकताको पूर्तिको लागि जयपृथ्वीबहादुर सिंहले नेपाली भाषामा विभिन्न विषयका पाठ्यपुस्तकहरू तयार गर्ने कोशिश गरेथे । जुन कोशिसलार्ई बीच मै रोक्ने प्रयास नभएको भए नेपाली भाषाको भण्डार निकै अगाडि नै भरिने थियो तथा नेपालमा विश्वविद्यालयको स्थापना पनि अगाडि नै हुने सम्भावना थियो । सबभन्दा उल्लेखनीय कुरा उच्च शिक्षाको माध्यम भाषाको रुप नेपाली भाषाले सजिलैसँग लिने थियो ।
तैपनि जयपृथ्वीबहादुर सिंह जस्ता राष्ट्रिय व्यक्तित्वबाट हामी नेपालीहरूले पर्याप्त मात्रामा प्रेरणा लिनसक्ने कुरामा कुनै शंका छैन । साथै राष्ट्रिय व्यक्तित्वहरूको सपना साकार पार्ने प्रयास पनि हामीहरूले गर्दै जानु पर्छ भन्ने मलार्ई लागि रहन्छ ।”
                                                                                                                                     – धनवज्र वज्राचार्य

(१२) सन्दर्भ राष्ट्रसेवी राजा जयपृथ्वीबहादुर सिंह लेख–
श्री विपिन देव ढुँगेल– सारसंकलन गोरखापत्र २०३७ पौष २० गते
नेपाल बाहिरका नेपालीहरूको खोजको शिलशिलामा २००८–००९ सालतिर पश्चिमोत्तर भारतको भ्रमणमा जाँदा, अखिल भारत गोर्खा लीगका सभापति तथा निर्भिक पत्रकार स्व. ठाकुर चन्दनसिंहले, “नेपालमा प्रजातन्त्र व्यवस्था हुनुपर्छ भनेर आन्दोलन चलाउने पहिलो नेपाली बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह” का बारे धेरै कुरा जान्न दिनु भएको थियो ।
चन्दन सिंहका अनुसार, नेपालमा पनि बेलाईतको जस्तै पार्लियामेन्टको व्यवस्था हुनुपर्छ, भन्ने जयपृथ्वीबहादुर पनि हुनुहुन्थ्यो ।
गाउँ–गाउँमा पाठशाला, जिल्ला–जिल्लामा कलेज, काठमाडौं राजधानीमा विश्व–विद्यालय स्थापना गर्दै लगी ऐन–नियम बनाउन र अरु विकासका कार्य गर्न जनतालार्ई सहभागी बनाउँदै जाने सल्लाह सुझावका कुरामा मत–मतान्तर भै ससुर तत्कालिन प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरसँग नराम्रो टाकटूक परी राजा जयपृथ्वीबहादुर नेपालका बागी भै भारततर्पm आउनु भएको थियो ।
अझ करिया अमलेख र तत्कालिन नेपाल (काठमाडौं) को पानी, विजुली आदिको सुधार पनि जयपृथ्वीकै प्रेरणाले भएको र “करिया अमलेखको स्पीच” (घोषणा–भाषणको पुस्तक) पनि जयपृथ्वीले नै लेखेको हो भन्ने स्व. चन्दन सिंहको भनाई थियो ।
राजा जयपृथ्वीबहादुर सिंहले देहरादूनको अखिल भारत गोर्खा लीग, त्यसको मुखपत्र– “गोर्खा संसार” अति “तरुण गोर्खा” (दुवैका सम्पादक चन्दन सिंह) र देहरादून एवं नैनितालको गोर्खा स्कूललार्ईपनि आर्थिक सहयोग गरी तिनको आवश्यकतामा जोड दिएका थिए ।
तत्कालिन नेपालको विदेशमुखी राजनीतिको चर्चा गर्दै ठाकुर चन्दन सिंहले “आजको नेपालमा राजा जयपृथ्वीबहादुर जस्ता स्वदेशाभिमानी राजनीतिज्ञ नेपाली सपूतको अति नै आवश्यकता थियो” भनी राजा जयपृथ्वीबहादुरका बारे कुरा उद्घाटन गर्दा सोधखोज गरी धेरै कुरा जान्न पाएको थिएँ । त्यसैगरी वकलोहका स्व. बहादुर सिंह बराल, शिमलाका कप्तान प्रेमसिंह थापाहरूबाट पनि जयपृथ्वीबहादुर बारे धेरै कुरा जान्न पाइएको थियो ।
चन्द सिंहज्यूले सम्पादन गरेको साप्ताहिक “तरुण गोर्खा” मा प्रकाशित– राजा जयपृथ्वीबहादुरलार्ई भारतबाट बाहिर जान नदिन चन्द्र शम्शेरले तत्कालिन भारतको व्रिटिश सरकारलार्ई अनुरोध गरेको बारेको समाचार देखाउनु भएको थियो । तरुण–गोर्खा मै प्रकाशित कलकत्तामा जयपृथ्वीबहादुरले दिएका भाषणको समाचार हाम्रो साप्ताहिक “हिमालचूली” को “फर्केर हेर्दा” स्तम्भमा वर्ष १० अंक २८ मा जस्ताको तस्तै छापेको यसप्रकार छ–
शीर्षक–कलकत्ता समाचार– “तारीख २२ फेवु्रअरी सन् १९३० मा राजा जयपृथ्वीबहादुर सिंहले जस्टीस मुखर्जीको सभापतित्वमा ज्गmबलष्कm (मनुष्य धर्म) को बारेमा लेक्चर कलकत्ता युनिभर्सिटी हलमा बेलुका ६ बजे दिनु भयो । श्री मे.ज. विष्णु शम्शेर जंग बहादुर राणा, श्री क. भवानी शम्शेर, मे.क. हेम बहादुर बस्नेत र अरु अनेकनेपालीहरू
सहर्षसाथ उक्त स्थानमा उपस्थित थिए र सहर्षसाथ राजा साहेवलार्ई मद्दत गरिरहेका थिए ।
यो एउटा ठूलो दिन सम्झनु पर्ने कुरा हो कि नेपालको ठूलो मानिस एगदष्अि ःभभतष्लन(सार्वजनिक सभा) मा गई भाग लिएको यो प्रथम दिन हो । यसको यश उनैलार्ई छ, जो वर्तमान नेपालका शासनकर्ता श्री ३ महाराज भीमशम्शेर छन्, विना उनको मन्जुरी यहाँहरू त्यहाँ जानु कठिन के, असम्भव थियो ।” (एक विद्यार्थी तरुण गोर्खा, देहरादून, वर्ष २ अंक ६ मिति सं. १९८६ फागुन ५ गते सन् १९३० फेब्रुअरी १६ ता. बाट)
आशाम शिलाङ (हाल मेघालय)बाट प्रकाशित हुने “गोर्खा सेवक”
का सम्पादक स्व. मणिसिंह गुरुङज्यूले “कलकत्ता, देहरादून र शिमलामा जयपृथ्वीबहादुरसँग संगत गरेको र जयपृथ्वीबहादुर चौमुखी प्रतिभा भएको अब्दितीय विद्वान वक्ता र राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको स्पीच मैले देहरादून र नैनितालमा सुनेको थिएँ । आज त्यो मान्छेको नेपालमा आवश्यकता थियो” भनी मूरी–मूरी प्रशंसा गर्नुहुन्थ्यो ।
मणिसिंहज्यूले छाप्नु भएको “गोर्खा सेवक” (वर्ष १ अंक ७ मिति १९९२ साल माघ ३० गते) बाट वर्ष १० अंक २८ मति २०२९ असोज २ गतेको “हिमालचूली” को “फर्केर हेर्दा” स्तम्भमा “अविसिनियामा नेपाली” शीर्षकले छापिएको समाचार जस्ताको तस्तै यस प्रकार छ–
अद्दीस अवावा (डाँकबाट) नेपाल राजघरानाका कर्नेल राजा जयपृथ्वीबहादुर यसबेला इथोपियामा हुनुहुन्छ । ती बाहेक एशियाका कुनै राजवंश व्यक्ति हब्शीहरूका देशमा (अविसिनियामा) छैनन् ।यस भन्दा पहिले वहाँ जापानमा हुनुहुन्थ्यो । लडाई शुरु हुनासाथ उहाँ आउनु भयो । हब्शीहरूप्रति वहाँको ठूलो सहानुभूति छ । जसरी भए पनि उनीहरूलार्ई सहायता गर्ने वहाँले संकल्प गर्नुभएको छ ।
जापानबाट चिकित्सकहरू (डाक्टर, वैद्यहरू) ल्याउने मनसुवा गरी २ जना डाक्टर र ४ जना सुसारे(नर्स)हरू जापान देखि झिकाउने पक्का आँट गर्नु भएको छ ।यसका कामका निमित्त ६ हजार येन अर्थात प्रायः ११२५० रुपैयाँ खर्च गर्न परे तापनि सो खर्च गर्ना निमित्त वहाँ तत्पर हुनु भएको छ ।
मणि सिंहज्यूले भन्नु भए अनुसार, जापानबाट डाक्टर, नर्सहरू लगेर अविशिनियाको युद्धका घाइतेहरूलार्ई सेवा सुश्रुषा गर्दागर्दै मुसोलिनीका फौजले उहाँसहित डाक्टर र नर्सहरूलार्ई पक्राउ गरी केही दिनपछि छाडिदिएको निकैपछि थाहा पाइयो । बम्बईबाट विदेश जान रोक लगाइएको हुँदा आफ्नु नाउँ ठाउँ बदलेर कलकत्ताबाट समुन्द्र जहाजद्वारा बर्मा हुँदै जयपृथ्वीबहादुर जापान पुगेका हुन् भन्ने कुरा पनि जान्न दिनु भएको थियो ।

(१३)सन्दर्भ लेख– जयपृथ्वीबहादुर सिंह, २०४१।३।१० (२३ जून १९८४) अंक ४९ वर्ष ८४ गोरखापत्र
गो.प.को सम्पादकको दायित्व पनि उनले राम्ररी बुझेका थिए । गो.प.कै सेवकको रुपमा पहिलो पल्ट उनी बेलाईत पुगेका थिए । त्यहाँको उन्नत व्यवस्था र आफ्नो देशको दुर्दशा जाँच्दा उनी ज्यादै दुःखी भए । उनले त्यही भावना नेपाली जनता समक्ष पु¥याउन खोजे । उनको त्यही अपराध भयो र गो.प.बाट झिकिनु प¥यो । बेलाईतको सम्मेलनमा सर योंग हस्वेन्डले (जयपृथ्वीलार्ई) “पद दलित र शोषितहरूको सन्तप्त सन्देश पश्चिममा पु¥याउने पहिलो नेपाली” भने अमेरिकामा विश्व धर्म सम्मेलन (१९९०) मा अत्यन्त आदरपाउने तथा त्यहाँको रेडियो स्टेशनबाट बोल्ने पहिला नेपाली पनि उनै भए । मुसोलिनीको “आँसु पुछ्नु नै धर्म हो” भन्ने कुरामा उनी विश्वास गर्थे ।
–रामराज पौड्याल

(१४)मनुष्यको प्रतिष्ठा र अधिकारका लागि सम्मान, व्यक्तिका रुपमा उसको मूल्य, कल्याण, बहुमुखी विकास, मनुष्यका लागि सामाजिक जीवनका परिस्थितिको निर्माणका लागि चिन्ता अभिव्यक्त गर्ने बिचारको समग्रतालार्ई मानवतावाद भनिन्छ ।
मानव श्रृष्टिसँगै जन्मिएको हो– मानवता । विभिन्न देवी देवता, अवतार, राजर्षि, महर्षि, साधु–सन्त, महात्मा आदिको उत्पति नै मानवीय दृष्टिकोणको संरक्षण गर्ने उद्देश्यबाट उत्प्रेरित भएको पाइन्छ । राम, कृष्ण, बुद्ध आदिलार्ई ‘मानवतावादी’ उपाधि दिइएको छ । धर्मले आत्मालार्ई बिशालतातिर लैजान्छ र त्यही बिशालताबाट मानवीय चेतना जागृत हुन्छ । धर्मतिर अभिप्रेरित हुनेहरूमा मानवतावादतर्पmको उदार शोच उत्पन्न हुनु यसरी स्वाभाविक हुने गर्दछ ।
बुद्ध नेपाली माटोका वरदान भएकाले उनी नेपाली प्रतीक मानिन्छन् । बुद्ध राष्ट्रिय विभूतिका रुपमा स्थापित छन् । “बुद्धको पंचशील” नेपाली जगतमा मात्र होइन विश्वमा नै मानवतावादको आधार स्तम्भ हो ।
मानवतावादलार्ई धर्मबाट पृथक पारेर समाज उत्थानका आधारका रुपमा संस्थापित पहिलो श्रेय राजा जयपृथ्वीबहादुर सिंहलार्ई
दिन सकिन्छ । प्रथम विश्वयुद्धभन्दा अघि नै राजा जयपृथ्वीले मानवतालार्ई ‘वाद’ सँग जोडेर समाज उत्थान गर्ने सशक्त माध्यमका रुपमा स्थापित गरेका थिए । नेपाली जगत्मा मानवतावादी दृष्टिकोणलार्ई व्यवहारमा समेत प्रयोग गराउने पहिलो व्यक्ति हुन्– राजा जयपृथ्वी । पश्चिमी जगतको प्रजातान्त्रिक पद्धतिप्रति आकर्षित भएका देवशमशेरको बिचारसँग राजा जयपृथ्वीको उदार दृष्टिकोण पनि मिल्न पुग्यो ।

जनचेतना जागृत गराउने सशक्त माध्यम शिक्षा र यससँगै पत्रपत्रिकाको विकास– हो भन्ने बुझेका देवशमशेर र राजा जयपृथ्वीको सत्प्रयासबाट नेपालमा पहिलो समाचारपत्र गोरखापत्रको स्थापना भयो र यसको सञ्चालन गर्ने (तैनाथवाला संचालक र प्रधान सम्पादक) जिम्मा दिइयो । करीव १५ वर्ष गोरखापत्रको सञ्चालन गरेर आफ्नै ससुरा श्री ३ चन्द्र शमशेरको निरंकुशतन्त्र सहन नसकी उनले गोरखापत्रबाट हट्नु परेको थियो ।
युगचेतना र युगद्रष्टा जयपृथ्वी निर्भिक व्यक्ति थिए । सिद्धान्त र व्यवहारलार्ई समान रुपमा लैजानुपर्छ भन्ने उदात्त व्यक्ति जयपृथ्वी राणाशासनको अन्याय र अत्याचारका विरुद्ध जनचेतना जगाउने प्रथम व्यक्ति हुन् । बझाङ्गमा आफ्नै खर्चमा विद्यालय, अस्पताल र बाटो–घाटोको समेत निर्माण गराउने जयपृथ्वी दुःखी, पीडित र गरीबहरूको उद्धार गर्न जीवनभर तल्लीन रहे । संस्थागत मानवतावाद र मानव अधिकारको प्रत्याभूमि गरिनुअघिनै मानवतावादी–उदार धारणा र विचारको प्रचार अभियानमा जुटेका जयपृथ्वी– विश्वकै मानव जगतको कल्याणमा लागेका थिए ।
                                                                                                                                           –डा.तुलसी भट्टराई
                                                                                                                                               (२०५५ बैशाख)

(१५) गोरखापत्रको ९८ औं वर्ष प्रवेशको विशेष कार्यक्रममा प्रधानमन्त्री कोईरालाले गोरखापत्रको ‘शैली पुस्तिका’ (स्टाइल बुक) सातौं प्रकाशन मनोरम अप्सरा मासिक र “मानवतावादी जयपृथ्वीबहादुर सिंह जीवन संसार” नामक कृतिहरू विमोचन गर्नु भएको थियो । गोरखापत्रका संरचनाकार जयपृथ्वीबहादुर सिंहको प्रतिमा गोरखापत्रसंस्थानको प्राङ्गणमा स्थापना गरिएको छ । स्व. सिंहको अर्धकदको ढलौटको सो प्रतिमा आज यहाँ आयोजित गोरखापत्रको ९८ औं बर्ष प्रवेश समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अनावरण गर्नु भयो । सो प्रतिमा मूर्तिकार रविन्द्र ज्यापुले बनाउनु भएको हो । वि.सं. १९५८, तत्कालिन राणा प्रधानमन्त्री देवशमशेरको पालादेखि नेपाली भाषामा प्रकाशित भएको मुलुक जेठो अखबार गोरखापत्रको स्व. जयपृथ्वीबहादुर सिंहले वि.सं. १९५७सालमा संरचना (खाका) तयार पार्नु भएको थियो । पत्रपत्रिकाको विस्तारमा प्रशस्त सहयोग गर्नु भएका स्व. सिंहको प्रजातान्त्रिक व्यवस्था, आर्थिक एवं भूमिसुधार र मानवतावादी सिद्धान्तमा समेत चिन्तन राख्नु भएको तथ्य इतिहासमा पाइन्छ ।
– गोरखापत्र, २०५५ बैशाख २५
                                                                                                                                       (वर्ष ९८ अंक २)
(१६) जस्तोसुकै प्रशासनिक निरंकुशताका बीच पनि आपूmलार्ई मानवहितमा अग्रसर तुल्याउने र मानवजातिकै उत्थानका विषयमा चिन्तनशील रहने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह स्वतन्त्रता, परोपकार र मानववादका जीवन्त उदाहरण हुन् ! शिक्षाको प्रकाशबाट मानव जीवनलार्ई आलोकित पार्न भाषा पाठशालाहरूको स्थापना, पाठ्यक्रम र पाठ्यपुस्तकको निर्माण, जनचेतना विस्तारका लागि समाचारपत्रको प्रकाशन र यस क्रममा ‘गोरखापत्र’सँग संलग्न रही उनले पन्ध्रवर्षसम्म निरन्तर रुपमा यसलार्ई बचाउन र हुर्काउन गरेका उदाहरणीय भूमिका, नेपाली वाङ्मयको श्रीवृद्धिका लागि गरेका प्रयास आदि उनका उदार भावना र महान कार्यहरूमध्ये पर्दछन् ।
नेपाली समाज मानवहित र कल्याणका दिशामा जयपृथ्वीले चालेका सत्प्रयासहरूका बारेमा त्यति परिचित छैन अझ खासगरी भन्ने हो भने विश्वमा नै मानवतावादले सन्देश छर्ने कार्यमा विभिन्न राष्ट्रहरूमा पुगी उनले गरेका कार्यहरूका बारेमा सही र पूर्ण जानकारी प्राप्त हुन नसकिरहेको परिप्रेक्ष्यमा उत्तमबहादुर सिंहको कठिन परिश्रम र लामो समयसम्मको खोज अनुसन्धानबाट जन्मन पुगेको प्रस्तुत पुस्तकले जयपृथ्वीबहादुर सिंहको जीवनी, उनको व्यक्तित्व, कृतित्व र कार्यहरूका समग्र पक्षमा जुन किसिमको जानकारी दिनसकेको छ, त्यो निकै प्रशंसनीय छ ।
प्रस्तुत पुस्तकभित्र केवल वर्णन मात्र छैन, त्यसका साक्ष्य प्रमाणहरू पनि उनिएका छन् । मानवतावादी प्रचार सम्बन्धी योजना, विश्वका विभिन्न मुलुकहरूमा जयपृथ्वीका सम्बन्धमा पत्रपत्रिकामा प्राथमिकताका साथ प्रकाशित गरिएका सामग्री, उनले विभिन्न मुलुकहरूमा दिएका भाषणहरू, रेडियोका माध्यमबाट दिईएका सन्देशहरू उनका बारेमा स्वदेश र विदेशका विभिन्न विद्वानद्वारा अभिव्यक्त गरिएका विचारहरू, उनीसँग सम्बद्ध विभिन्न चिठ्ठीपत्रहरू यसमा संग्रहित छन् । विश्वमा शान्ति, एकता र सहयोगका माध्यमबाट ‘वसुधैव कुटुम्वकम्’ भन्ने उक्तिलार्ई यथार्थ धरातलमा उतार्न उनले चालेका कदमहरू कति प्रभावकारी थिए ? उनको मानवतावादी व्यक्तित्व र विश्वशान्तिप्रतिको उनको आस्था कति विशाल र व्यापक थियो र एसिया, यूरोप र अन्य मुलुकहरूसम्म पुगेर यस दिशामा उनले आपूmलार्ई कसरी प्रस्तुत गरे भन्ने तथ्यको राम्रो जानकारी यस पुस्तकमा दिइएको छ ।

         अनुपलब्ध र दुर्लभ प्रायः बनिसकेका जयपृथ्वीसँग सम्बन्धित विभिन्न देशका पुराना पत्रपत्रिका र त्यसमा मुद्रित गरिएका सामग्री, अति महत्व राख्ने विभिन्न समयका प्राचीन तस्वीरहरू समेत जसरी यस पुस्तकभित्र समावेश गरिएको छ, त्यसले जयपृथ्वीका बारेमा हालसम्म प्रकाशमा नआएका कतिपय तथ्यहरूलार्ई प्रकाशमा ल्याउने काम मात्र गरेको छैन एक किसिमले दुरुह र दुसाध्य कामलार्ई पनि सहज र स्वाभाविक रुपमा पस्कन सकेको छ । यसका लागि प्रस्तुत पुस्तकका लेखक उत्तमबहादुर सिंहको धैर्य, संयम, लगनशीलता, साधना र परिश्रमलार्ई साधुवाद दिनैपर्ने हुन्छ । पुस्तकको नाम नै ‘मानवतावादी जयपृथ्वी जीवन संसार’ रहे अनुरुप उनको जीवनका प्रत्येक कार्यका बारेमा यो एउटै पुस्तकबाट जयपृथ्वीलार्ईसमग्र
रुपमा बुझ्न सकिन्छ । अनुपलब्ध सामग्रीको खोज अनुसन्धानका क्रममा उपलब्ध भएका सामग्रीको सत्यापन गरी जयपृथ्वीका सम्बन्धमा हालसम्म प्रकाशमा नआएका सामग्रीलार्ई जसरी र जुन रुपमा यसभित्र समेटिएको छ त्यो नै यस पुस्तकको सबैभन्दा ठूलो उपलब्धी र विशेषता बनेको छ ।

                पुस्तक कुनै आर्थिक लाभ वा आपूmलार्ई लेखक अनुसन्धाताका रुपमा चिनाउने हुटहुटीले प्रेरित नभई एक महान व्यक्तित्व जयपृथ्वीप्रतिको श्रद्धा सुमन र उनीप्रतिको सम्मानको भित्री उद्देश्य र हुटहुटीले प्रेरित भएर जयपृथ्वी प्रतिको अगाध आस्थाको कारण लेखकको सत्प्रयासबाट यो पुस्तक जन्मन पुगेको छ । यसै कारणले गर्दा नै पुस्तक गहन बन्न पुगेको छ । पुस्तक जयपृथ्वीबहादुर सिंहका बारेमा जानकारी लिन चाहने सबैका लागि संग्रहणीय बन्न सकेको मात्र छैन, बौद्धिक चेतना विस्तार गर्न चाहने कुनै पनि पाठक, अनुसन्धाता आदिका लागि पनि उपयोगी सावित हुनसक्ने देखिन्छ ।
–पुस्तक समीक्षक (शिवप्रसाद भट्टराई)
                                                                                                                        गोरखापत्र, काठमाडौं
                                                                                                              वि.सं. २०५५ जेष्ठ ९ गते (शनिवारीय)

सम्बन्धित

Leave A Reply

Your email address will not be published.