कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९\८० का लागि नीति कार्यक्रम तथा बजेट ल्याएको छ । बुधवार वेदकोट नगरपालिकाको नगर सभामा आगामी आर्थिक वर्ष २०७९\८० का लागि नीति तथा कार्यक्रम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले प्रस्तुत गर्नु भयो भने बजेट उपप्रमुख तुलसी जोशीले प्रस्तुत गर्नु भएको हो । वेदकोट नगरपालिकाको आगामी आर्थिक वर्षका लागि अनुमानित कुल ९८ करोड २२ लाख ३८ हजारको बजेट ल्याइएको छ ।
त्यसमध्ये संघीय सरकाबाट वित्तीय समानीकरण अनुदान अन्र्तगत प्राप्त १६ करोड ४४ लाख, राजश्व बाडफाडबाट १२ करोड ७२ लाख ६१ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ कुल २८ करोड ५६ लाख, संघीय विशेष अनुदान अन्र्तगत १ करोड ४० लाख, संघीय समपुरक अनुदान १ करोड ५० लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १ करोड १९ लाख ५४ हजार,
विशेष अनुदान अन्र्तगत प्राप्त २५ लाख, समपुरक अनुदान ६७ लाख, सवारी साधन कर बाडफाड शीर्षकमा प्राप्त ७६ लाख २३ हजार, घरजग्गा रजिष्ट्रेसन दस्तुर अन्र्तगत ८० लाख, आगामी आर्थिक वर्षको लागि प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ २ करोड ५० लाख, चालु आर्थिक वर्षबाट खर्च नभई बाकी रहन सक्ने अनुमानित ८ करोड, सामाजिक सुरक्षा तर्फ प्राप्त रकम २३ करोड र सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुमानित रकम ४२ लाख रुपैया हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ७१ करोड ५३ लाख ५४ हजार रुपैया विनियोजन गरिएको छ र कुल पुजीगत खर्च २६ करोड ६८ लाख ८३ हजार रुपैया प्रस्ताव गरिएको छ ।
Comments are closed.