भाग ४ जयपृथ्वी मानवतावाद दर्शन

आज संसार नै विश्वग्रामको अवधारणालार्ई अपनाउँदैछ । दुईटा शिखर युद्धले ल्याएको विचलनपछि निशस्त्रीकरण र विश्ववन्धुत्वको भावना विकास गर्ने प्रयास हुँदै आएका छन् ।

विश्वशान्ति, विश्ववन्धुत्वको भावना नेपाली हृदयका स्पन्दन भएका छन् । विश्वयुद्धपछि विचलित र विवादित विश्व र विश्व मानवतालार्ई एकता एवं प्रेमको सन्देश सम्वाहन गर्ने पहिलो व्यक्तिको रुपमा राजा जयपृथ्वीबहादुर सिंहले ‘जाति, धर्म, वर्ग, समूह एवं राष्ट्रका बीचको रेखाहरूले मानिस–मानिसका बीचको विभाजन ल्याउँछ, अशान्तिको सिर्जना गर्छ, प्रगतिको बाधकको काम गर्छ भन्नु भएको छ । साथै वहाँले विभाजनको रेखाले मानव मौलिक रुपमा एउटै हो भन्ने शाश्वत सत्यलार्ई भुल्न बाध्य गराउँछ, मानिसलार्ई आक्रामक चरित्र एवं पाशविकतातर्पm उन्मुख गराई मानव–मानव बीचको एकता, सहयोग र सन्तुलन भंग गर्ने काम गर्छ’ भन्ने यथार्थलार्ई प्रकट गर्नु भएको छ । मानिसले मानिसलार्ई चिनेपछि मात्र विश्व–भ्रातृत्वको भावनाको प्रादुर्भाव हुन सक्ने कुरामा उहाँ विश्वस्त देखिनुहुन्छ ।
राजा जयपृथ्वीबहादुर सिंहको जीवनका क्रियाकलापहरूको लेखाजोखा गर्न उत्तमबहादुर सिंहले ‘मानवतावादी जयपृथ्वी जीवन संसार’ भन्ने कृतिको सम्पादन एवं लेखन गर्नु भएको छ । सरसर्ती हेर्दा यस पुस्तकलार्ई ३ खण्डमा राख्न सकिन्छ । प्रथम खण्डमा लेखकबाट जयपृथ्वीबहादुरले मानवीय, नैतिक एवं शैक्षिक उत्थान गरेका योगदानको विवेचना गर्नुका साथै गोरखापत्रको स्थापना गरी नेपालमा संचारको विकासक्रमको सूत्रपात गर्न जयपृथ्वीको अविस्मरणीय योगदानको आलेखन गरिएको छ ।

शैक्षिक विकास गर्न स्कूल स्थापना, सञ्चालन एवं अनुगमनदेखि पुस्तक लेखनसम्मका कार्यहरू गरी जयपृथ्वीले देशलार्ई ठूलो गुन लगाउनु भएको छ भन्ने कुराको झलक आवश्यक सन्दर्भ सामाग्रीहरूबाट देखाइएको छ ।

दोस्रो खण्डमा जयपृथ्वीको मानवतावादी अभियानको पूर्ण झलक दिने प्रयास गरिएको छ र विश्वका विभिन्न मुलुक एवम् शहरहरूमा गई ज्गmबलष्कतष्अ ऋगिदको आवश्यकता र मानव सब एकै हुन भन्ने विचारहरूको प्रचार गर्न गरिएका भाषण एवं सम्वोधनहरूको संकलन गरिएको छ । जयपृथ्वीका यी मन्तव्य एवं सम्वोधनहरूमा मानव प्रेम, एकता, सद्भाव एवं सद्विचारहरूलार्ई जोड दिदै सम्पूर्ण संसार एउटै परिवार हो र देशका सिमानाहरूले मानव–मानवको बीचमा चिरा पार्नु हुँदैन, प्रेम भावमा नै परमात्माको अनुभूति गर्न सकिन्छ भन्ने भावनाको स्पष्ट झलक पाइन्छ ।
पुस्तकको तेस्रो खण्डमा मानवताका बिचारहरूको विस्तार गर्न जयपृथ्वीले गर्नु भएका प्रयासहरू र विभिन्न देशका पत्रपत्रिकामा उहाँ बारे अभिव्यक्त विचारहरूको संकलन गरिएको छ ।मानवताको भावना पैmलाउन उहाँले त्जभ ँबिन या एभबअभनाटक रचना गरी त्यसको मञ्चनद्वारा गरेका तथ्यहरू स्पष्ट पार्न सो नाटक समेत यस खण्डमा दिइएको छ । यो पुस्तक जयपृथ्वी र उहाँका विचारहरूलार्ई बुझाउन अति उपयोगी सिद्ध हुनेछ । यस पुस्तकमा संकलन गरिएका सामाग्रीले पाठकलार्ई अवश्यमेव जयपृथ्वी अकल्पनीय एवं अद्वितीय व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुराको अनुभूति गराउनेछ । लेखकको प्रयास प्रशंसनीय छ ।
–पुस्तक समीक्षक (अम्मराज जोशी)
(शनिवारीय) कान्तिपुर, २०५५ असार २० गते

(१८) जीवनीपक्ष, व्यक्तित्व र कृतित्व एकै ठाउँमा समेटेर जयपृथ्वीको मूल्याङ्कन गर्नुपर्ने साह्रै ठूलो खाँचो खड्किरहेको आजको परिप्रेक्ष्यमा प्रस्तुत कृतिले त्यही खाँचो पूरा गर्ने दिशामा कदम चालेको छ । जयपृथ्वीले आफ्नो समयमा प्रतिष्ठित व्यक्तिका नाममा लेखेका ऐतिहासिक महत्वका चिठ्ठीहरू, विदेशका प्रतिष्ठित अखवारहरूमा उनको योगदान र सक्रियता विषयमा छापिएका टिप्पणीहरू, ठाउँ–ठाउँमा खिचिएका तस्वीरहरू, मानवतावाद प्रचार अभियानका क्रममा विदेशका दर्जनौं ठाउँमा उनले गरेका भाषणका विवरणहरूसमेत समेटेर तयार पारिएको प्रस्तुत कृतिले नेपाली जनमानसलार्ई बेस्सरी हुँडल्ने ‘अत्यन्त उल्लेखनीय कृति’ ठहर्ने क्षमता राखेको छ ।
विश्वका १६१ प्रतिष्ठित व्यक्तिसँग मानवतावादी सिद्धान्त र उद्देश्यबारे विचार विश्लेषण गर्ने व्यक्तित्वका साथै नेपालका दोस्रो गौतम बुद्धका रुपमा चर्चित रहेर आफ्नो विलक्षण क्षमता प्रदर्शन गरेको वास्तविकतालार्ई अनेकौं तथ्य र प्रमाणसहित प्रस्तुत गर्ने प्रस्तुत कृतिको आफ्नै विशेषता रहेको छ । गोरखापत्रको ९८ औं जन्मजयन्तिका अवसरमा प्रधानमन्त्रीद्वारा विमोचित ‘मानवतावादी जयपृथ्वी जीवन संसार’ पुस्तकका लेखक उत्तम बहादुर सिंहबाट प्रस्तुत कृतिका माध्यमबाट गोरखापत्रको तत्कालिन वस्तुस्थिति, अवस्था र व्यवस्था विषयमा समेत जानकारी गर्न सकिने हुनाले जयपृथ्वीबहादुर बारे जान्न–बुझ्न चाहने पत्रकारिता क्षेत्रका व्यक्तिहरूका निम्ति समेत प्रस्तुत कृति अत्यन्त महत्वपूर्ण संग्रहणीय बन्न पुगेको छ ।
–पुस्तक समीक्षक (राचगौ)
मधुपर्क (गोरखापत्र, २०५५ साउन)

(१९)निशस्त्रीकरण र जयपृथ्वी जयपृथ्वीबहादुर सिंहले लेखेका दुईवटा संस्कृतका महावाणी श्लोकले मलार्ई बारम्बार व्यूँझाई रहेका हुन्छन्, जसमा पहिलो श्लोक हो–
“अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानाम तु वसुधैव कुटुम्वकम् ।।”
दोस्रो संस्कृत महावाणी गोरखापत्र स्थापना गर्दा लेख्नु भएको श्लोक–
“सर्वे भवन्तु सुखिन ः सर्वे सन्तु निरामया ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्जनः ।।”
यो श्लोक गोरखापत्रको स्थापनादेखि आजसम्म ःबकअयतक मा अभिलिखित भएर आएको छ, जसको श्रेय मानवतावादी जयपृथ्वीबहादुर सिंहलार्ई जान्छ । यी दुईटा श्लोकलार्ई जति लामो व्याख्या गरे पनि अपर्याप्त नै हुन्छ । बदलिदो समयानुसार यी व्याख्यामा थपिदै जानेछन्, घट्नेछैनन् ।
यी सन्देश जयपृथ्वीले नेपालको माटोबाट ग्रहण गर्नुभई त्यसको निचोड वा मूर्तरुप बंगलोरमा मानवतावादी संघ स्थापना गरी विश्वसामु प्रस्तुत गर्नुभयो । उहाँले त्यो मूल सन्देशबाट प्रभावित भएर रविन्द्रनाथ टैगोर मानवतावादी संघका सदस्य हुनुभयो । उहाँमात्र होइन, त्यसबेलाका भारतका विशिष्ट क्रान्तिकारी एम.एन. राय समेत त्यो मानवतावादी संघमा सम्मिलित भएर राजा जयपृथ्वीका निकट मित्र हुन पुगे ।
आज हामी नेपालीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के छ भने प्रथम महायुद्धपछि फेरि पनि दोस्रो महायुद्धका निम्ति जो शस्त्रीकरण तयार भयो, त्यसको विरोध गर्ने पहिलो व्यक्ति, उहाँ हो ।

नेपाल संसारको एउटा त्यस्तो देश हो, जसको नजिकका तीन छिमेकीहरू पाकिस्तान, भारत र चीन आणविक शक्तिका रुपमा परिणत भएका छन् । यो अति गम्भीर चिन्ताको विषयलार्ई मानवतावादी जयपृथ्वीबहादुर सिंहसँग जोडेर सम्झनु पर्दछ । आजको हाम्रो नेपालमा प्रजातान्त्रिक सुदृढीकरणका निम्ति, प्रजातान्त्रिक विकासका निम्ति लागेका शक्तिहरूले मानवतावादी जयपृथ्वीबहादुर सिंहलार्ई राष्ट्रिय विभूतिको मान्यता दिनै पर्दछ र जयपृथ्वीको जन्मजयन्ति राष्ट्रिय महोत्सवका रुपमा मनाउन राष्ट्रले इतिहासको मूल्याङ्कन गर्नै पर्दछ ।
–मदनमणि दीक्षित,
(महाकाली साप्ताहिक, २०५७ जेष्ठ ६ गते)

(२०)समयमा चिन्न नसकिएका व्यक्तित्व ः जयपृथ्वीबहादुर सिंह अद्वितीय प्रतिभाका धनी सुधारवादी जयपृथ्वीलार्ई शुरुमा श्री ३ देवशमशेरले सल्लाहकारमा राखेका थिए । यिनैको सल्लाहबाट नेपाल अधिराज्यभर भाषा पाठशाला, होमियोप्याथिक चिकित्सालय, नक्सालमा गोराखापत्र आदिको स्थापना गरिएको थियो । २००७ सालको क्रान्तिका लागि पूर्वाधारको रुपमा क्रमिक तवरले बौद्धिक पुनर्जागरणको अभियान थालेका यस्ता व्यक्तित्वलार्ई आफ्नै ससुरा चन्द्र शम्शेरको बक्रदृष्टि परेपछि यिनी निर्वासनमा भारततर्पm लागे । त्यहीं  उनले स्वतन्त्ररुपमा ‘मानवतावाद’को दर्शन सम्पूर्ण विश्वलार्ई दिए । मानवतावादको प्रचार–प्रसारमा जयपृथ्वीले विश्वका विभिन्न भागमा डुल्दै मानव अधिकारको विश्वव्यापी घोषणा गर्नु अगाडि नै हरेक मानिस मानिसको रुपमा बाँच्न सकुन्, जातिपाती धर्म आदिको आधारमा भेदभाव नगरी धर्म, जातजाति सबैलार्ई मानवतावादमै जोड दिई हरेक व्यक्तिको जीवनलार्ई कसरी सुखमय बनाउन सकिन्छ भन्ने कुरामा निर्वासनपछिको आफ्नो सम्पूर्ण समय लगाइ दिए ।

मानवतावादकै प्रचारप्रसारको शिलशिलामा सन् १९३३ मा आयोजित शिकागोको एक सम्मेलनमा यिनले आफ्नो मानवतावादलार्ई अध्यात्मवादको रुपमा नहेर्न अमेरिकी जनतासमक्ष अनुरोध गरेका थिए । उनले अमेरिका जस्तो शक्ति सम्पन्न राष्ट्रले युद्ध र हिंसालार्ई प्रश्रय दिनु हुँदैन । उसले त मानवमूल्य र शान्तिमा जोड दिन सकेमा नै विश्वमा मानवभित्रका दानव अन्त्य हुनसक्ने थियो भन्ने व्यक्त गरे । उनको बिचारमा मानिसलाई दुःख चोट नपु¥याईकन प्राप्त हुने सुख नै दीर्घकालीन शान्ति हुन्छ ।

मानव मात्रको हित हुने यस्तो स्थायी शान्तिमा कसैको इष्र्या पनि हुँदैन र कैले प्रतिशोध पनि लिन सक्दैन । यस्तो स्थायी सुखका लागि आपूmले अमेरिकी जनतासँग मानवतावाद प्रवद्र्धनका लागि डलरको आश नगरेको केवल शान्ति र सहिष्णु भइदिन करकमल जोडेको बताएका थिए । विश्वले मानवतावादलार्ई नविर्सिएको भए कहिल्यै युद्ध हुँदैनथ्यो र यतिविघ्न नरसंहार पनि हुन्नथ्यो । यही कारण उनी शान्ति, सद्भाव र विश्वभ्रातृत्वबाटै मानिसमा आनन्द र सुखको सञ्चार हुने भएकोले त्यसकोलागि यिनी उपयोगितावादीका नजिक हुन पुगे । उनको समयमा उपयोगितावादी सिद्धान्तको व्यापक प्रयोग हुँदै आएको थियो ।

महान् उपयोगितावादी दार्शनिक जेरिमी बेन्थमले अधिकतम व्यक्तिहरूको अधिकतम सुख भन्ने सुखवादी सिद्धान्त दिंदा सम्पूर्ण मानवहितका लागि मानववादको दर्शन जयपृथ्वीले दिएका थिए । राज्यले सकेसम्म व्यक्तिको जीवनमा कम हस्तक्षेप गरी उसलार्ई स्वतन्त्रता र समानताको स्वाद दिने मौका दिनुपर्दछ । समाजका कुनै एक व्यक्तिले गर्ने खराब कर्मको असरबाट सम्पूर्ण नागरिकहरूले दुःख सहनुपर्ने भएकोले यस्तो दुःख पुग्ने कार्यले कसैलार्ई पनि सुख र आनन्द नहुने भएको हुँदा सबैले सन्तोष, सुख र मैत्री बढाउने कार्य गर्नुपर्छ । त्यस्तै राज्यभित्र पनि कुनै वर्ग जाति आदिलार्ई विशेष सुविधा र कम सुविधा गरी असमान स्थितिमा राखिनु हुँदैन । यदि कसैले आपूmलार्ई ठगिएको, लुटिएको र थिचिएको महशूस गर्छ भने त्यहाँ मानववादको विकास असम्भव हुन्छ ।
अभिमान, अहंकार, असमानता मानवताका शत्रु हुन् । अहिले विश्वमा जे जति तनाव भएको छ त्यो मानिसले मानिसलार्ई चिन्न नसकेरै भएको हो । राम्रो कार्यले दिने परिणाम अधिकतम सुख र आनन्ददायक हुन्छ । जबकी खराव कर्म गर्दा सदैव असन्तोष र स्वयंलार्ई नै पीडा हुन्छ । यस्तो दुःख पुग्ने कार्यले कसैलार्ई पनि आनन्द नदिने भएपछि जानी जानी त्यस्तो नराम्रो कार्य विवेकशील मानिसले गर्नु हुँदैन भन्ने विचार जयपृथ्वीले मानवतावादमा दिएका छन् ।
जयपृथ्वीले आजभन्दा १०० वर्ष जति अघि नै हिन्दू धर्मको छुत र अछुत प्रथाले कालान्तरमा नेपाली समाजलार्ई विभाजित तुल्याउने जुन तस्वीर कोर्नु भएको थियो त्यो अहिले यथार्थमा परिणत हुँदैछ । दलित, उत्पीडित जनजातिहरूको आवाजलार्ई कदर गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न कलंकको रुपमा रहेको छुवाछुतलार्ई तत्काल समाप्त पार्न बल्ल ५० वर्षपछि यसलार्ई दण्डनीय अपराध वर्तमान सरकारले ठान्दैछ । यदि हामीले राजा जयपृथ्वीको मानववादलार्ई उहिल्यै पछ्याउन सकेको भए न त आयातीत पश्चिमा नेतृत्व पूर्वीय देशले स्वीकार्नु पथ्र्यो न त कुनै आयातीत मानव अधिकार नै हामीलार्ई आवश्यक पथ्र्यो ।

हामीले हाम्रो देशमा आफ्नै छुट्टै हेनरी ड्यूना रेडक्रसको भावनामा समर्पित व्यक्तित्व पाउँथ्यौं । विश्वशान्ति, भ्रातृत्व र एकतालार्ई जोड दिदै सम्पूर्ण मानवहितमा समर्पित भै आपूmसँग संचित केही धनराशी यस्तै कार्यमा प्रयोग गर्दै विस्तारै गरिबीमा फर्कनुमा सन्तोष मान्ने यस्ता महान दार्शनिक राजा जयपृथ्वीबहादुर सिंहले युद्धको विभिषिकाबाट मानवजातिलार्ई बचाउन शान्ति र मानवतावाद विषयमा प्रवचन दिएका थिए । वास्तवमा बुद्धले भनेको “विजयले बैरभाव उत्पन्न गराउँछ, पराजित पुरुष दुःख भनेर सुत्छ ।

शान्त पुरुष जय र पराजयलार्ई त्यागेर सुखपूर्वक सुत्छ” भनी व्यक्त बिचार राजा जयपृथ्वीले त आफ्नो जीवनमा लागु गरेर देखाए । राजा जस्तो व्यक्ति मास्क बाँड्दै पनि हिंडे । सरल जीवन नरोजी संघर्षशील जीवन रोजे । आजका पुस्ताले उनले देखाएको बाटोमा हिंड्न सक्यो भने उनीप्रति सच्चा श्रद्धाञ्जलि त्यही नै हो ।
— पुरुषोत्तम मरहठ्ठा,
(२०५८ भदौ ९ गते, गो.प.)

(२१)पहिलो बालसाहित्यकार जयपृथ्वीबहादुर सिंह जयपृथ्वीबहादुर सिंह साँचो कुरामा विश्वास गर्थे । मान्छेले विवेक अनुसार काम गर्नुपर्छ, अर्काले भनेको काममात्र गर्नुहुँदैन भन्ने उनको विचार थियो । समाजका प्रत्येक मान्छेको इज्जत हुनुपर्छ । प्रत्येक मान्छेले अर्को मान्छेलार्ई इज्जत गर्नुपर्छ, मान्छेमान्छेमा कोही सानो र कोही ठूलो हुँदैन, सबै बराबरी हुन् भन्ने कुरा उनले सिकाउने गरेका थिए । त्यसैले उनलार्ई मानवतावादी र मानवतावादी चिन्तक भन्ने गरिएको थियो ।
बालबालिकाहरूले पढ्ने पुस्तक एवं लेखरचनालार्ई बालसाहित्य भनिन्छ । बालसाहित्यका पुस्तक लेख्ने व्यक्तिलार्ई बालसाहित्यकार मानिन्छ । नेपालमा बालसाहित्यकार धेरै थिए । अहिले पनि धेरै छन् । तर, नेपालको बाल साहित्यका पहिला लेखकचाहिं जयपृथ्वीबहादुर सिंह हुन् । वास्तवमा साना–साना केटाकेटीहरूका लागि छुट्टै पुस्तक वा पढ्ने कुरा चाहिन्छ । ठूलो मान्छेले पढ्ने पुस्तकहरू केटाकेटीहरूले बुझ्न सक्दैनन् । केटाकेटीहरूका लागि उनीहरूले नै बुझ्ने भाषामा पुस्तकहरू लेख्नुपर्छ ।
उनले लेखेका पुस्तकहरू मधये अक्षरमाला, बालबोध भाग १ र २ बालसाहित्यका महत्वपूर्ण पुस्तकहरू हुन् । पछि यिनै पुस्तकको नक्कल गरेर साना साना केटाकेटीहरूलार्ई साँवा अक्षर चिनाउने–नेपाली वर्णमाला भन्ने पुस्तकहरू निस्किए । उनले नेपाली व्याकरण सम्बन्धी पुस्तकहरूलेख्नुभन्दा अगाडि त्यसप्रकारका पुस्तकहरू नेपाली भाषामा निस्किएकै थिएनन् । नेपाली भाषामा लेखिएको पहिलो व्याकरणका लेखक पनि उनी नै हुन् । उनैको पुस्तक हेरेर त्यसपछिका व्याकरण सम्बन्धी पुस्तकहरू लेखिएका हुन् ।
जयपृथ्वीबहादुर सिंह बालबालिकाहरूलार्ई असाध्यै माया गर्थे । बालबालिकाहरूसँग बस्न र खेल्न पाउँदा उनलार्ई अत्यन्त आनन्द लाग्थ्यो । हाम्रो देश हामीले हाम्रा बालबालिकालार्ई सुम्पिनु पर्छ, त्यसैले उनीहरूलार्ई बुद्धिमान, निडर, असल र राम्रो चरित्रवान बनाउनु पर्छ भन्ने कुरामा उनी सधै जोड दिनेगर्थे । उनको मृत्यु भए पनि उनका पुस्तकहरूले र उनका असल कामहरूले उनलार्ई सम्झाई रहेका छन् । समाजका लागि असल काम गरेर मरेका मान्छेहरूलार्ई मरेको मानिदैन । त्यस्ता मान्छेहरूलार्ई अमर भएको भन्छन् । त्यसैले जयपृथ्वीबहादुर सिंह पनि अमर भएका छन् ।
लेख, गोपाल पराजुली
(२०५९ भदौ ७ गते, गोरखापत्र)

(२२) नेपालकै परिवेशमा जन्मेर पनि विश्वव्यापी रुपमा मानवीय  मानवीय समन्वयको अवधारणा विकास गर्ने एक नेपाली जयपृथ्वीबहादुर सिंह हुन् । मानिस मानिस बीचको विभेद, रङ्ग, जाति, क्षेत्र, स्तर, सम्पत्ति, भूगोलका आधारले मानिसले आपूmलार्ई उँच र नीचमा विभाजित गरेको छ । तर ती सबै मानव निर्मित श्रेणी भएका हुनाले त्यस्तो संकोच नराखी मानवीय एकता समानता र मानवतावाद नै मूलमन्त्र मान्ने जयपृथ्वीबहादुर सिंहको नीति थियो ।

बहुआयामिक व्यक्तित्वशाली जयपृथ्वीबहादुर सिंह नेपालको राणाकालीन अन्धकारको युगमा नेपाललार्ई विश्वसमक्ष चिनाउने एकमात्र नेपाली हुन् । नेपालीले गौरव गर्न मिल्ने व्यक्ति जयपृथ्वीबहादुर सिंह नेपालमाताका आदर्श सन्तति हुन् । हरेक विकृतिमा कुनै न कुनै कुरामा उज्यालो पक्ष पनि रहन्छ भने भैंm राणा शासनकालमा जयपृथ्वीबहादुर सिंह जस्तो व्यक्ति पैदा हुनु त्यसको ज्वलन्त उदाहरण भएको छ ।
नेपालमा राणा शासकहरूको आपसी हिंसा र प्रतिहिंसा चलिरहेको बेलामा पहिलो र दोस्रो विश्वयुद्धले मानव जातिलार्ई नष्ट पार्ने घटना श्रृंखलावद्ध रुपमा हुँदै गएको बेला जयपृथ्वीबहादुर सिंहको जन्म (बझाङ्ग) भएको थियो । उनी जन्मेको वर्ष श्री ३ जङ्गबहादुर राणाको पत्थरघट्टा शिकार क्याम्पमा मृत्यु भएपछि वि.सं. १९४२ सालमा राणा परिवार भित्रै हत्याकाण्ड मच्चिएरश्री ३ हरूको ताज श्री ३ बीरशम्शेरको माथामा आयो ।
नेपालको षडयन्त्रमूलक शासनपद्दति बुझेका जयपृथ्वीबहादुर सिंहमा विराट मानवीय एकाकार, मानवीय समन्वयतात्मक, मानवतावादी दर्शनको प्रविष्टि कसरी भयो भन्ने कुरा रहस्यमय लाग्दछ । त्यतिबेला उनी जत्तिकै सुविधा प्राप्त वर्ग ठूलै थियो । त्यस अवस्थामा उनले प्राप्त गरेको शिक्षा, उनको संगत, उनको प्रवृत्ति तथा उनका शिक्षकहरूको भूमिकाले मूल श्रोतको काम गरेको देखिन्छ । जयपृथ्वीबहादुर सिंह स्वाध्यायी हुनु पहिलो कुरा थियो । म्याट्रिकुलेसन पछिको पढाइ भारततिर पढ्न जानु उनको जीवनमा कोसेढुङ्गो बन्न गएको थाहा हुन्छ । उनको आफ्नो प्रमाणपत्रीय शिक्षा अगाडि बढाउन पाएनन्, तैपनि आफ्नो सत्यनिष्ठापूर्ण अवधारणालार्ई प्रष्ट पार्ने अध्ययनमा उनी संलग्न रहिरहे ।
वि.सं. १९५९ देखि १९७३ सम्म गोरखापत्रमा प्रत्यक्ष सरोकारवाला सरोकारवाला भएका जयपृथ्वीबहादुर सिंहलार्ई त्यसै अन्तरालमा कलकत्तास्थित नेपाली वकील, नेपालमा भारदारी वकील र ‘जयपृथ्वी पास’ भन्ने लोक सेवा आयोगका प्रणेताका साथै ४ पास, ११ पासका जिम्मेवार व्यक्तिको रुपमा काम गरे ।
उनी आफ्नो समर्पित व्यक्तित्वका कारण मानव मात्रको सेवागर्नजापानदेखि अविसिनियासम्मको यात्रामा पुगेर युद्धबन्दीसमेत भएका थिए । वि.सं. १९९३ (सन् १९३६) मा उनी अविसिनियाको युद्धबन्दीखानाबाट मुक्त भएपछि १९९४ मा बर्माको मेमियो पुगि त्यहाँ आधार स्कूल खोलेर बालबालिकाको सेवा गर्न जयपृथ्वी इन्स्टिच्युट स्थापना गराएका थिए । उनको मानवतावादी संघ बंगलोरका शाखाहरूको सञ्जाल विश्वभरका धेरैजसो मुलुकमा स्थापित थिए ।
वर्तमान नेपाल उत्तरमध्यकालीन सामन्ती परिवेशतिर अभिमुख हुन खोजेको झलक देखाइरहेछ । नेपालीले आपूmलार्ई नेपाली भन्दा पनि जातीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक, उँच, नीच, प्राचीन, आदिम, अर्वाचीन तथा रैथानेको भेदको विषले लठ्ठिएर विभाजनको संघारमा पुग्न लागेजस्तो गन्ध आइरहेको छ । कसैलार्ई धन, मान, मर्यादा, दर्शन, व्यक्तित्व, अडान, संगठनको नशा लागेको छ त कोही अर्कोलार्ई मूल्यहीन हानी, हिंसा, प्रतिहिंसापट्टि अभिमुख हुन खोजिरहेका छन् ।

नेपालरुपी घरका हरेक कोठाचोटाले आफ्नो महत्व विर्सन थालेका छन् । एक राष्ट्रले अर्कोलार्ई सहयोगको सट्टा पीडा दिएर वश पार्ने भूमिका निर्वाह गर्न खोजेको जस्तोलक्षण देखिएको छ । जाडो, न्यानो, खोंच, देउरालीमा बस्नेको भेदको कुरा परै छ । एकै वनपाखा, पँधेरो, खेतीपाती पेसा गर्नेका बीचमा उत्पतिभिन्नताको दृष्टि दिइएकोले बैरत्व पलाउन थालेजस्तो भएको छ । यसको परिणाम सबैले सुखद ठाने पनि अन्त्यमा दुःखान्त निश्चित छ भन्ने कुरा बिर्सेका छन् । वर्तमान नेपालमा जयपृथ्वीबहादुर सिंह जस्तो अनौठो सम्पन्न व्यक्तित्वको आवश्यकता खड्किएको छ ।
प्रा. डा. राजाराम सुवेदी
(२०६१ भाद्र ७, गो.प.)

सम्बन्धित

Leave A Reply

Your email address will not be published.