महेन्द्रनगर बाट काठमाडौं जादै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

महेन्द्रनगर | कपिल्बस्तु को शिवराज नगरपालिका वडा नम्बर सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। 

बुधबार राति बजे महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरीकार्यालय कपिलवस्तुले जनाएको छ। 

सुनौलो महाकाली यातायातले संचालन गरेको सुप्र०२००१ ००९८ नम्बरको बस बाटोबाट सय मिटर तल खसेको छ।

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये जनाको बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी आधारभूत अस्पतालमाउपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।  

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला चारपुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको प्रहरी उपरीक्षक पौडेललेबताए।

बसमा ४० यात्रु सवार सवार रहेको चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।

दुर्घटना दाङ कपिलवस्तुको सीमा क्षेत्रमा भएको हो