महेन्द्रनगर।उदघोषण कलामा आफ्नो बेग्लै पहिचान बनाएका कलाकार केपी कलौनीको पहिलो सांगीतिक गीति एल्बम ’भेरी–कर्णाली’ सार्वजनिक भएको छ।शुक्रबार कृष्णपुरस्थित कंचनजंगा क्याम्पसको सभाकक्षमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा।टीएन जोशीले ’भेरी–कर्णाली’ गीतको लोकार्पण गरेका छन्।
गीत लोकार्पण गर्दे प्रमुख अतिथि उपकुलपति डा। जोशीले बहुमुखी प्रतिभाका धनी केपी कलौनीको ’भेरी–कर्णाली’ गीत राष्ट्रिय भावले प्रेरित कालजयी गीत भएको बताए।उनले गीतको मोडलिङ,छायाङ्कन,संगीत, प्रस्तुति र शब्द चयन सबै उत्कृष्ट रहेको बताए।’भेरी कर्णाली’का गायक केपी कलौनीले उदघोषण कलासंगै सांगीतिक क्षेत्रमा पनि आफ्नो उत्तिकै अभिरूचि रहेको बताउँदै दर्शकको हौसला र प्रेरणाले आफू गायन बिधामा पनि प्रबेश गरेको बताए।
कंचनजंगा इङ्लिस स्कुलका प्रिन्सीपल पदमबहादुर ऐरको सभापतित्वमा भएको भेरी कर्णाली लोकार्पण समारोहमा विद्यालयका संस्थापक अध्यक्ष खगेन्द्र प्रसाद ओझा, सैनिक आवासीय माविका प्रअ सिद्धेश्वर पन्त प्रकाश, प्रमुख सेनानी खिलबहादुर राना, वरिष्ठ कलाकार राजकुमार जोशी,गायक प्रबेश दाहाललगायतले शुभकामना प्रकट गरेका थिए।’भेरी कर्णाली’ गीतमा केपी कलौनी र तृप्ती खड्का गुरूङको आवाज रहेको छ भने मासुम बिष्ट र ऋतु चौधरीको मोडलिङ रहेको छ भने बिजय गुरूङको शब्द संगीत रहेको छ।
Comments are closed.