कंचनपुरको शुक्लाफाटा नगरपालिकामा अब फोहर व्यवस्थापन हुने भएको छ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाटा नगरपालिका – ११ स्थित श्रीकृष्ण सामुदायिक वनको पँच हेक्टर जमिनमा रहेका रुख छपान र कटान गरिने भएको हो ।
सव डिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे (रुइना) प्रजातिका आठ सय २५ वटा रुख कटानका लागि स्वीकृति प्राप्त भएको बताउनु भयो । केही दिनभित्रै रुख छपानको कार्य अगाडि बढाउने तयारी भई रहेको र सरोकारवाला पक्ष संग छलफल गरी छपान गरिने र कटान आदेश जारी भएपछि कटानको कार्य सुरु हुने बताउनु भयो ।
वर्षातको मौसम भएकोले कार्य अगाडि बढाउनमा ढिलाई भइरहेको उहँको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार (प्रयोग) का लागि स्वीकृति प्रदान गरि सकेको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो ।
सामुदायिक वनको पँच हेक्टर जमिनमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर अमित यादवले बताउनु भयो । उहँका अनुसार उक्त केन्द्र निर्माणका लागि गत वैशाख २३ गते उक्त आयोजना र रमण के एस जेभी कैलाली बीच ठेक्का सम्झौता भएको थियो ।
Comments are closed.