महेन्द्रनगर मावि (साधारण स्कुल) ले ५० औं वार्षिकोत्सव मनाउँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) ले आफनो स्थापनाको ५० औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव मनाउने भएको छ । पौष १५ गते विषेश कार्यक्रमको आयोजान गर्दै विद्यालयमा स्वर्ण महोत्सव बनाउने तयारी थालिएको छ ।

विद्यायलयले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्ण महोत्सवको विषयमा जानकारी दिएको हो। व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्रराज विष्टले ५० लाखको अक्षयकोष स्थापना गरीन,वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम , २४ घण्टा खुल्ने ई लाईब्रेरी स्थापना गरिने जानकारी दिनुभयो ।

यसैगरी, प्रदेश स्तरिय अन्तरविद्यालय भलिवल प्रतियोगिताको आयोजना गरीने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख २५ हजार ५२५, द्धितिय पुरुष्कार ७५ हजार ५ यि २५, तृतीय पुरुष्कार २५ हजार ५ सय २५ रुपैया मेडल प्रदान गरीने भएको छ ।

यसैगरी, सुदुर पश्चिम प्रदेश स्तरिय विज्ञान प्रदर्शनी कार्यक्रम सञ्चालन, सम्मान कार्यक्रममा विद्यालयलाई योगदान पुऱ्याउने संघसस्था पुर्व र बर्तमान शिक्षक र कर्मचारी बि.व्य.स र शि.अ.सं व्यापारी, बुद्धिजिवि, समाजसेवी, पत्रकारलाई सम्मान कार्यक्रम रहेको अध्यक्ष विष्ट बताउनु भयो ।

यसैगरी खाद्य प्रदर्शनी, स्वर्ण स्तम्भ निर्माण र अनावरण कार्यक्रम, बाजागाजा र झाकी सहित बजार परिक्रमा, ३ दिने योग सिविर सञ्चालन, विद्यालयको ईतिहास झल्किने विषेश विषेशांक प्रकाशन पनि गरीने भएको छ । विद्यालयमा हाल तीन हजार एक सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

इ लाइब्रेरी देशभरका विद्यालयमध्ये पहिलो हुने अध्यक्ष विष्टले बताए । विद्यालयका सहायक प्रधानाध्यापक सरस्वती भाट धामीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.