कृष्णपुरको मालुबेलामा हात्तीले धान र मकै नष्ट

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुरमा हात्तीले धान मकै खेती नष्ट गरेका छन् । बिहिवार राती करिब १०ः३० बजेतिर कृष्णपुर नगरपालिका ४ मालुबेलामा ११ वटा हात्ती आएर खेतमा पसेर मकै धान खेती नष्ट गरेको हो ।
करिब १ घण्टा सम्म खेतमा रहेको हात्तीले २ बिगाह जमिनमा लगाएको खेती नष्ट गरेको पिडित किसान प्रेम तामा्रकारले जानकारी दिए । स्थानिय टेकबहादुर रावल, पार्वती मल्ल, हरिश ताम्राकार, र प्रेम ताम्राकारको खेतमा हात्ती पसेको स्थानिय समाजसेवी एलबि बिश्वकर्माले बताए ।
गाँउमा हात्ती नपस्न दिनको लागि बनाईएको पर्खाल पनि हात्तीले भत्काई दिएको उनले बताए । स्थानियले नगरपालिकासंग लाईट साईरनको लागि आग्रह गरेका छन् । रातीको समयमा हात्ती आयो भने उज्यालोका लागी लाईट र हात्ती आएको थाहा पाउनको लागी साईरन भयो भने सजिलो हुने स्थानिय टेकबहादुर रावलले बताए । पछिल्लो समय कञ्चनपुरमा हात्तीले किसानको खेती घर तथा सर्वसाधारणहरुको ज्यानै लिने गरेको घटनामा वृद्धी हुँदै गएको छ ।

सम्बन्धित

Comments are closed.