महेन्द्रनगर । बैतडीमा घरमा च्यापिएर एक किशोरीको मृत्यु भएको छ । आफनो काकाको घरमा सुत्न भनेर गएकी उनको घर भत्किएपछि च्यापिएर मृत्यु भएको हो ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ लेककी १५ वर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरबहादुर चन्दले जानकारी दिएका छन् ।
माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको उनले बताइन् । घरमा च्यापिएर अन्य दुईजना समान्य घाइते भएका छन् ।
Comments are closed.