महेन्द्रनगर । बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा दुर्घटना भएको हो। दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भएको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले जानकारी दिएका छन् । र अहिले सम्म ७ जना घाईतेको उद्धार गरिएको र उपचारका लागि बझाङ जिल्ला अस्पतालमा लैजाने तयारी भईरहेकोउनले बताए । जिपमा कति जना थिए भनेर पनि यकिन नभएकाले अहिले उद्धारमा प्रहरी स्थानियको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.