महेन्द्रनगर । डोटिका भुकम्प पिडितलाई राहत सामाग्री सहयोग गरिएको छ । कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा गैर आवासिय नेपाली संघ एनआरएनको आयोजनामा आइतबार भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको हो।
जिल्ला विपत व्यवस्थापन समिति मार्फत तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको डोटी उद्योग बाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए । उधोग बाणिज्य संघका महासचिव खड्काले डोटिका प्रमुख जिल्ला अधिकारि, जिल्ला प्रहरि प्रमुख र नेपाल रेडक्रस सोसाईटि डोटि शाखाका देव बहादुर बोहरा९प्रदेश महासचिव०लाई राहात सामाग्री हस्तान्तरण गरेका छन्।
जिल्ला प्रहरि कार्यालय डोटिले राहात सामाग्री अनलोड गर्नमा सहयोग गरेको थियो । डोटीका भूकम्प पीडितलाई राहत जुट्दै गइरहेको छ ।यसअघि जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई चार लाख, विस्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको थियो । गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट डोटीका ६ जनाले ज्यान गुमाएका थिए। भने एक दर्जन घाइते भएका थिए ।
शुक्लाफाँटा खबर
6803 posts
Comments are closed.