सुदूरपश्चिमका यी जिल्लाले चिसोबाट बच्नको लागि रकम खर्च गर्न पाउने

महेन्द्रनगर । शीतलहर, हिमपात र चिसोबाट नागरिकलाई बचाउन सरकारले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरी जिल्लाहरूलाई अख्तियारी दिएको छ । सुदूरपश्चिमका ४ वटा जिल्लाहरुले विपद व्यवस्थापन कोषको रकम खर्च गर्न पाउँने छन् । गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार विपद व्यवस्थापन कोषको रकम खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको उनको सचिवालयले जानकारी दिएको छ । चिसोबाट हुन सक्ने जोखिम एवं सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न कञ्चनपुरलाई ८ लाख खर्च गर्ने अख्तियारी दिइएको छ । यस्तै, बझाङ, बाजुरा र दार्चुलालाई चार लाखका दरले खर्च गर्ने निर्णय गरिएको हो ।

ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुगु, डाल्पा, कालिकोटलाई चार लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ । कोषमा रकम अपुग भएमा रकम माग गरी सरकारको स्वीकृत मापदण्ड बमोजिम तोकिएको सीमाभित्र खर्च गर्न पनि निर्देशन दिइएको छ ।

सम्बन्धित

Comments are closed.