कञ्चनपुरमा रहेका दलित विपन्न परिवारलाई न्यानो कपडा वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ भगतपुरमा रहेका गरिब दलित विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल परिवार दल कञ्चनपुरले दलित ३० परिवारलाई न्यानो कपडा वितरण गरेको जिल्ला सदस्य बिबेक कौशल जैरुले जानकारी दिएका छन् ।

अन्तराष्टिय युवा समाजको आर्थिक सहयोगमा र आफनो पहलमा न्यानो कपडा ब्लाङकेट वितरण गरिएको उनले बताए । चिशो बढदै गएपछि सबै भन्दा बढी मारमा पर्ने गरिब तथा आर्थिक रुपमा विपन्न परिवार रहने भएकोले उनिहरुलाई न्यानो कपडा वितरण गरिएको बताए ।

सुदूरपश्चिम संयोजक खडक नागरीले गरेको समन्वयले गर्दा विपन्न परिवारलाई सहयोग गर्न पाउँदा धन्यवाद व्यक्त गरेका छन् । नेपाल परिवार दल संघले विगतमा डोटी,बेलौरी लगायतका ठाँउमा न्यानो लुगा, विधालय सामग्रीहरु वितरण गरेका छन् ।

सम्बन्धित

Comments are closed.