महेन्द्रनगर । कञ्चनपुरमा महाकाली साहित्य संगमले ३ दिने उदघोषण कला तालिम सम्पन्न गरेको छ । जिल्लामा रहेका १७ वटा बिद्यालयका ३४ जना विधार्थीहरुलाई उदघोषण गर्ने कलाको जानकारी प्रदान गर्नको लागि तालिमको आयोजना गरिएको कार्यक्रम संचालक तथा महाकाली साहित्य संगमका सचिव उत्तम विष्टले जानकारी दिएका छन् ।
कार्यक्रमको अध्यक्षतामा संगमका अध्यक्ष हरिष जोशीले उदघोषण कलालाई आफनो जिवनमा लागु गरी आफुमा भएको सिप क्षमता दक्षतालाई निखारेर प्रवल वक्ता उदघोषक हुनुपर्ने बताए । यस्तै कार्यक्रमका बिशिष्ट अतिथीमा सुदूरपश्चिम सभा सदस्य हिरा शार्की र सुदूरपश्चिम सभा सदस्य मधु भारती रहेका थिए । भारतीले अहिले विधार्थीहरु भोलीका देशका कर्णधार भएकोले आफुले सिकेको कलालाई अन्य साथी भाईमाझ पनि दिएर उनिहरुलाई पनि दक्ष बनाउन सक्नु पर्ने बताए ।
उक्त कार्यक्रमको प्रशिक्षकमा सुरेन्द्र ओझा लगायत अन्य तिन जनाले ३ दिने कार्यक्रममा प्रशिक्षकको भुमिकामा रहेका थिए । यस्तै कार्यक्रममा नेपाल संस्कृत विस्व विधालयका उपप्रध्यापक मोहन चौधरीले माघी पर्वको कार्यपत्र प्रस्तुत गरेका थिए भने, पंचमराज भट्टले नरहरी,गङ्गनान, विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरुका अभिभावक वुद्धिजिवी पत्रकार समाजसेवीहरुको सहभागिता रहेको थियो ।
Comments are closed.