महेन्द्रनगर । अवैध लागूऔषध चरेश मुद्दाका एक जना फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले १ बर्ष ३ महिना कैद सजाय र १२ हजार रुपैयाँ जरिवाना सजाय सुनाएका कसुरदार पक्राउ परेका हुन्।अदालतले गत माघ १६ गते उक्त फैसला गरेको थियो।
फैसलापछि फरार रहदै आएका भीमदत्त नगरपालिका–१८ बस्ने बिरेन्द्र बहादुर चन्दलाई आज (बुधबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए । चन्दलाई भीमदत्त नगरपालिका–४ बजार क्षेत्रमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो। चन्दलाई आजै अदालतमा पेश गरिएको थियो। अदालतबाट तोकिएको सजाय भुक्तानको लागि चन्दलाई कारागार चलान गरिएको छ।
Comments are closed.