महेन्द्रनगर । कञ्चनपुरमा एकल महिलाहरुका लागी निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएको छ । मानव अधिकारको लागि एकल महिला समुह कञ्चनपुरको आयोजना र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोग तथा भीमदत्त नगरपालिका वडा नम्वर ५ को सह आयोजनामा उक्त एकदिने स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएको हो ।
जिल्लामा रहेको नौ वटै पालिकाबाट उक्त स्वास्थ्य शिविरमा आफनो समस्या लिएर उपचारको लागि दुई सय बढी दिदिबहिनीले स्वास्थ्य लाभ लिनुका साथै औषधीहरु पनि वितरण गरिएको मानव अधिकारको लागि एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीले जानकारी दिएकी छन् । हाम्रो समुदायमा महिलाहरु अहिले पनि सामाजिक, आर्थिक, राजनैतिक तवरले पछाडी परिरहेको अवस्थामा उचित स्वास्थ्य उपचार नपाएर कतिपय महिलाहरुले रोग पालेर बसीरहेको अवस्थामा यो शिविरले केही राहतको महसुस मिल्ने उनले बताईन् ।
एकदिने यो शिविरमा एकल महिला तथा अन्य महिला दिदिबहिनीहरुले पनि सेवा लिएको र टाढाका पालिकाबाट पनि महिला दिदिबहीनीहरु आएर यो स्वास्थ्य शिविरबाट उपचार तथा औषधी पाएर खुशी भएको प्रतिक्रिया दिएका छन् । एकल महिलाको पक्षमा रहेर यो संस्थाले गरेको यो नविनतम कार्य सराहनिय रहेको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए ।
नव निर्मित भवनको उदघाटन पनि नभएको यो अवस्थामा मानवताको पक्षमा असल कार्यको यो थालनीले सबैलाई सहयोग पुग्ने बताए । यो शिविरले मानव सेवा गर्ने अवसरले एकल महिलाहरुको पक्षमा पनि रहेर यस्तो लोक कल्याण्कारी कार्य गर्ने छ, भन्नेमा आफु विस्वस्त रहेको उनले बताए । साथै आगामी दिनहरुमा जिल्ला समन्वयको तर्फबाट पनि यस्तै कार्य गर्नमा साथ र सहयोग पनि गर्ने प्रतिबद्धता रहेको जनाए ।
नेपाल प्रहरी स्वास्थ्य अस्पतालका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर सबिता सिंहले महिलाहरुमा हुने रोगहरुको विषयमा उपचार गर्न २ जना डाक्टर सहित १० जनाको चिकित्सक टोली आएर शिविरमा चेकजाँच गरिरहेको बताए । महिला दिवसको अवसरमा शिविर गर्ने भनिएको भएपनि उचित समय नमिलेको अवस्थामा शनिवार यो स्वास्थ्य शिवरको आयोजना गरिएको उनले बताईन् ।
अहिले महिलाको पाठेघर सम्बन्धीको समस्या लिएर आउने महिलाहरु धेरै रहेको र उहाँहरुलाई उचित परामर्श दिने र अन्य रोगहरु छ भने उपचार र औषधीहरु पनि उपलब्ध गरिएको उनले बताईन् । शुक्लाफाँटा नगरपालिका १० की सेवाग्राही पार्वती विकले यस्तो शिविरले आफु जस्तै एकल महिलाहरुलाई एकदमै सजिलो भएको बताईन् । आर्थिक रुपमा कमजोर रहेका एकल महिलाहरुलाई यो स्वास्थ्य शिवरले सहज सजिलो भएको उनले बताईन् ।
एक दिने निः शुल्क स्वास्थ्य परीक्षण शिविर कार्यक्रमको सभापतित्व मानवअधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरकी अध्यक्ष जानकी भट्टको रहेको थियो, प्रमुख अतिथीमा कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा, तथा विशिष्ट अतिथीमा भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा रहनु भएको थियो भने कार्यक्रम सञ्चालन मानव अधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरकी सचिव रमा पन्तले गर्नु भएको थियो ।
Comments are closed.