महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका ३ को बागगोठमा बिद्युतको पोलमा करन्ट लाग्दा बाख्रो मरेको छ । आज दिउसो १२ बजेको समयमा बिद्युतको पोलमा करेन्ट लागेर बाख्रो मरेको स्थानीय गिता बागले जानकारी दिइन् ।
‘बाख्रो पोलमा ठोक्किएपछि एक्कासी आगो लागेको थियो, करिब १५ मिनेटसम्म आगो लाग्यो, बाख्रो मरेको छ भने विद्युतको पोलमा आगो लागेको छ, स्थानीय त्रसिति छन्’ स्थानीय गिता बागले भनिन् ।
तार चुडिएर बिद्युत फल्टभई यस्तो दुर्घटना भएको हुनसक्ने बिद्युत वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए । ‘तार चुडिएको रहेछ, पोलमा तार छोइएको हुनाले यस्तो भएको हो, हामिले प्राबिधिक टोली पाठाएका छौँ,’ भट्टले भने ।
Comments are closed.