महेन्द्रनगर । डडेल्धुराका समाजसेवी युवा मनका ढुकढुकी डडेल्धुराका दिन दुखी गरिव विपन्न दलित एकल महिला अनाथ वालवालिकाका आँखाका तारा विनय प्रकाश मल्लले सामाजिक संजालमा धेरैको नजरमा पद र राजनिती ठुलो भएपनी मेरो नजरमा जनता भन्दा ठुलो अरु केही छैन‘.भन्दै बिभिन्न दुर्घटनामा परी घाईते भएर उपचाररत तथा बिरामी भएका डडेल्धुरा स्थानियहरुलाई सहयोग गरेका छन् ।
जापानमा रहेको मल्लको मल्ल किङगस कम्पनीमा आवद्ध कर्मचारी तथा शुभ चिन्तकको तर्फबाट रु ९० हजार विभिन्न दुर्घटना र रोग बाट पिडीत तथा बृद्ध भत्ता बाट बञ्चित भएका हरुलाई सहयोग गरिएको हो । सडक दुर्घटनामा परी गम्भिर घाईते भएर उपचार गराई रहेका तथा एकल महिला सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका महिला गरी ६ जनालाई उक्त रकम सहयोग गरिएको मल्लले बताएका छन् ।
सहयोग पाउनेमा डडेल्धुरा गन्यापधुरा ३ का नेपाल प्रहरीमा कार्यरत बाइक दुर्घटना बाट घाईते भएका हर्केष बिस्टलाई २५ हजार, डडेल्धुरा गन्यापधुरा १ का क्यान्सर पीडित धर्मा देबी महतालाई १५ हजार, डडेल्धुरा अमरगढी नगरपालिका १ डोलाका बाइक दुर्घटना बाट पिडीत नरेन्द्र ऐरलाई १५ हजार सहयोग गरिएको छ । यसैगरी अमरगढी नगरपालिका १ मालमका दुर्घटनामा परेका जगत सिङ बिष्टलाई १५ हजार, अजयमेरु गाउँपालीका ३ मा रुख बाट झरी गम्भीर घाईते हुनु भएकी जमुना चन्द मल्ललाई १० हजार, ९१ बर्ष भएर पनि बृद्ध भत्ताबाट बञ्चित डडेल्धुरा अमरगढी नगरपालिका ३ मरकट्टे डोटी घटाल की अनिता देवि बिष्टलाई १० हजार सहयोग गरिएको हो ।
मोटरसाईकल दुर्घटनामा परी घाईते भएर उपचाररत डडेल्धुरा गन्यापधुरा ३ का हर्केष बिस्टका श्रीमती निरुता कुँवरले मल्लले गरेको सहयोगलाई मनैदेखी नमन रहेको र विदेशमा रहँदा पनि नेपाललाई बचाई राख्ने एक योद्धा रहेको उनले बताईन् । मैले आफनो श्रीमानको उपचारका लागि धेरै आँसु बगाए तर उक्त आँशुको मुल्य पहिचान गर्ने भनेको समाजसेवी मल्ल रहेको उनले बताईन् ।
हामी जस्तो दुखी गरिबको आँशुको अर्थ बुझने र पिडामा रहेकाहरुसँग सम्पर्क गरी सहयोग गर्ने उहाँको मन सदैव उच्च रहोस सदैव प्रगती र समाजसेवामा लाग्ने प्रेरणामा कमी नहोस भन्दै धन्यवाद व्यक्त गरिन । नेपाली नागरिकताको प्रमाणपत्र नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित अमरगढी–३ मरकट्टेकी ९१ वर्षीय बिष्टले विपन्नताका कारण सदैव आर्थिक समस्यामा परिरहेको बताउँदै जापानबाट रकम पठाउने समाजसेवी मल्लप्रति आभार व्यक्त गरिन् ।
उनले समाजसेवी मल्लजस्ता मनकारी युवाका कारण आपत विपतमा परेका नागरिकहरुले सहयोग प्राप्त गरिरहेको बताउँदै समाजसेवी मल्लको दीर्घायुका लागि आर्शिवाद दिइन् । यसैगरी सवारी दुर्घटनामा घाइते नाती नरेन्द्र ऐरलाई प्रदान गरिएको सहयोग रकम बुझ्न आएका उनका बाजे रामबहादुर ऐरले समाजसेवी मल्लको सामाजिक भावनाको उच्च कदरगर्दै समाजिक सेवामा उनको थप सफलताका लागि प्राथना गरिरहेको बताए । समाजसेवी मल्लले हालसम्म डडेल्धुरा जिल्लामा एक करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन् ।
अमरगढी नगरपालिकाका ११ वडामा रहेका सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेका समाजसेवी मल्लले विभिन्न सामाजिक कार्यका साथै उपचार खर्च अभाव रहेका बिरामीहरूलाई आर्थिक सहयोग गरिरहेका छन् । डडेल्धुरामा पछिल्लो समय देश र जनताको सेवामा लागेका नेता, जनप्रतिनिधी भन्दा बढी मल्ललाई दुखको बेलामा गुहार्ने गरिएको छ ।
मल्लले जिल्लामा विगत ८ वर्षदेखी बिभिन्न क्षेत्रमा साथ र सहयोग गर्दै आएका छन् । जस्ले गर्दा आम जनताले अहिले दुखसुखमा पनि मल्ललाई सम्झिने गरेका छन् ।
Comments are closed.