डडेल्धुरामा राप्रपाले भुटानी शरणार्थी भ्रष्टाचार काण्डका विरुद्धमा बुझायो ज्ञापनपत्र

महेन्द्रनगर । डडेल्धुराको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितीले जिल्ला प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डका विरुद्धमा शुक्रवार राप्रपा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपाने मार्फत प्रधानमन्त्रीको कार्यालय सिहदरबार काठमाडौं ,नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथी सरकारले कारवाही प्रक्रिया अगाढी बढाए पनि उक्त काण्डमा संलग्न भ्रष्ट तथा राष्ट्र द्रोहीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने भन्दै ज्ञापन पत्र बुझाईएको जिल्ला अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन् । विश्वसामु देशको शिर निहुराउने कार्य गरेको प्रती गम्भिर आपत्ती रहेको र यस्तो राष्ट्रघाती देशद्रोही काम गरी आफना नागरिकलाई नै बेच्ने कार्यमा संलग्न जुनसुकै तहका नेतृत्वलाई कुनै पनि बहानामा दिन नहुने भन्दै आफुहरुले ज्ञापन पत्र बुझाएको अध्यक्ष भण्डारीले बताए ।

उक्त विषयमा पूर्ण सर्मथन र सहयोग रहने विषय सम्माननिय प्रधानमन्त्री ज्यूलाई अवगत एवम विस्वास दिलाउन चाहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै निष्पक्ष छानबिन गरी दोषी उपर सजाय गर्न तथा विगतका दिनका अन्य भ्रष्टाचारहरुको पनि छानविन गरी भविश्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट नगर्न वातावरण निर्माण गर्न जोडदार माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जिल्ला कार्य समितीका पदाधिकारी लगायत कार्यकर्ताहरुको उपश्थितीमा ज्ञापनपत्र बुझाईएको थियो ।

सम्बन्धित

Comments are closed.