गडडाचौकीमा जमिन नापजाँच गरि रहेका ५ जना भारतीयलाई नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाका क्षेत्रमा अकस्मात प्रवेश गरी नेपाली भूमि नापजाँच गर्न खोज्ने ५ जना भारतीयलाई नियन्त्रणमा लिइएको छ ।नेपाल प्रहरीको टोलीले शुक्रवार दिउँसो १ बजेतिर यूपी८०६जे ३९४५ नम्बरको बोलेरो जीपसहित नेपाल घुसेका ५ जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ५ जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको थियो । प्रहरीले पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपाल अर्याललाई बुझाएको छ ।सीडीओ अर्यालले सोधपुछ गर्दा उनीहरू दोधाराचाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहसम्म पहुँच मार्ग निर्माणका लागि प्राविधिक अध्ययनको काम गरिरहेका पाइएको छ ।

नेपाल र भारत सरकारबीच सुक्खा बन्दरगाह निर्माणका लागि पहुँच मार्ग बनाउने सहमति भइसकेको छ ।भारत सरकारले प्राविधिक अध्ययनको काम निजी कम्पनीलाई दिएको र निजी कम्पनीका प्राविधिक समन्वय नै नगरी नेपाली भूमिका आएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘भारतीय पक्षले समन्वय नगर्दा नियन्त्रणमा लिएको पाइयो, भारततिर नाप्दानाप्दै नेपालतिर पनि आएका रहेछन्,’ सीडीओ अर्यालले भने, ‘प्रशासन कार्यालयमा सोधपुछको काम भइरहेको छ ।’ सामान्य सोधपुछपछि पाँचै जनालाई छाड्ने तयारीमा प्रशासन कार्यालय रहेको छ ।

 

सम्बन्धित

Comments are closed.