बैतडीको मेलौलीका विद्यालय आज शोक बिदा

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरुमा आज शोक बिदा दिइएको छ । नगरपालिकाको वडा नम्बर ८ स्थित कमलपुर माविमा कार्यरत लेखा कर्मचारी राजसिंह बिष्टको निधन भएको शोकमा विद्यालयहरुमा शोक बिदा दिइएको हो ।

जण्डीसबाट ग्रसित बिष्टको यही असार १ गते शुक्रबार राति ४३ बर्षको उमेरमा निधन भएको भएको थियो । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार पालिकाभरीका विद्यालयहरुमा शोक बिदा रहेकाले पठनपाठन नहुने जनाएको हो ।

सम्बन्धित

Comments are closed.