विमानस्थल सुन प्रकरणमा सुराकीले पाउन रकम करोडौमा

महेन्द्रनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन प्रकरणमा सुराकी गर्नेले १० करोड रुपैयाँभन्दा बढी पाउने भएका छन्। राजस्व अनुसन्धान विभागले करिब एक अर्बको सुन बरामद गर्दा सुन तस्करी भएको सूचना दिने सुराकीले मात्रै १० करोड रुपैयाँभन्दा बढी पाउने व्यवस्था छ।

सोही अनुसार यो प्रकरणमा सुराकी गर्नेले १० करोड रुपैयाँभन्दा बढी पाउन सक्दछन्। बरामद सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबरको भए सुराकीले १० करोड रुपैयाँ पाउँछन्। यदि उक्त सुनको मूल्य १ अर्ब रुपैयाँभन्दा बढी भएको अवस्थामा सुराकी रकम पनि थप हुन्छ। यसअघिसम्म जति सामान बरामद भए पनि १० लाख रुपैयाँभन्दा बढी सुराकी वापत रकम नपाउने व्यवस्था थियो।

तर चालु आर्थिक वर्ष २०८०र०८१ को बजेटमार्फत १० लाखको दायरा हटाउँदै जति बरामद हुन्छ त्यसको १० प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको थियो। जसकारण अहिले बरामद भएको सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबर भएको अवस्थामा सुराकीले १० करोड रुपैयाँ पाउने भएका छन्। बुधबार विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

सम्बन्धित

Comments are closed.