वेदकोटमा स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकामा स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पालिकाले आयोजना गरेको उक्त दुई दिने कार्यक्रममा विगतका तिन वर्षमा स्वास्थ्यको क्षेत्रमा भई रहेका बिभिन्न कार्यक्रमहरुको प्रस्तुती गरिएको थियो ।

पालिकाको १० वटा वडामा रहेको स्वास्थ्य चौकीले आफुहरुले गरिरहेका स्वास्थ्य कार्यक्रमहरुको प्रगती समिक्षा, स्वास्थ्य क्षेत्रमा उपलब्धीहरुको जानकारी गाराउने उदेस्यको साथमा यो कार्यक्रमको आयोजना गरिएको वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले जानकारी दिईन् । साथै, कार्यक्रम संचालनका क्रममा आईपरेका समसइाहरु पहिचान र समाधानका उपायहरुबारे छलफल, र आगामी दिनमा के कसरी जाने भनेर कार्य योजना तयार गरिएको उनले बताईन् ।

साथै चुनौती र उक्त चुनौतीहरुको समाधान के कसरी समाधान गर्न सकिन्छ र आगामी दिनमा समग्र स्वास्थ्य क्षेत्रहरुको सुधारका लागी बहु निकायसंग समन्वय गरेर सामुहिक रुपमा छलफल पश्चात कार्य योजना निर्माण हुने उनले बताईन् । दुई दिने यस कार्यक्रममा विगतका तिन वर्षमा स्वास्थ्य समबन्धि भएका सम्पूर्ण कार्यहरू, पालिकाका १० ओटै स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिएका स्वास्थ्य सेवाहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति गरेको स्वास्थ्य शाखा प्रमुख पालले जानकारी दिईन् ।

अहिले पनि केन्द्रिय गाईडलाईनमा त्रुटी भएपछि बच्चाहरुको उमेर अनुसार औषधीको मात्रा मिलाउन समस्या, नगरपालिकाले टाईमरको समयमा व्यवस्थापन गर्न नसक्नु , नगरपालिकाले औषधी सामग्रीहरु खरिद गर्दा ध्यान नपदनु लगायतका समस्या रहेको उनले बताईन् । कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख भोजराज बोहराले आफुहरुसंग प्रयाप्त बजेट नभएका कारणले बिभिन्न चुनौती समस्याहरुलाई कमगर्न नसकेको अवस्थामा आगामी दिनहरुमा प्रदेश सरकार संघिय सरकारसंग आग्रह गरेर भएपनि समस्याको समाधान गरिने बताए ।

साथै आफनो पेशाप्रती मर्यादित भएर, सेवाको भावना अनुरुप कार्य गर्न उनले आग्रह गरे, जुन क्षेत्रमा आवस्यक्ता अनुसार पूर्वाधारका क्षेत्रमा पनि काम गरिने र वडाध्यक्ष स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्इ अधिकृतहरुले जुनसुकै बेलामा पनि महामारी आउन सक्ने अथवा चुनौती आयो भने आफुहश्र।ले तैयारी अवस्थामा रहन नगर प्रमुख बोहराले बताए । उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, १० वटै वडाका स्वास्थ्य शाखा प्रमुख तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.