महेन्द्रनगर । लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरले लागुऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ ।
बुधवार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोली तथा इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले
भारतबाट नेपालतर्फ आइरहेको यूके ०३ टी ए ७७२७ नम्बरको भारतीय ट्याक्सीलाई नियन्त्रणमा लिई उक्त ट्याक्सी रीतपूर्वक चेकजाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको ५ दशमलव ०६ ग्राम लागुऔषध तथा २२ क्याप्सुल प्रतिबन्धित स्पास बरामद गरिएको जिल्ला प्रहरि कार्यालय कञ्चनपुरले प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध वरामद गरिए पछि ट्याक्सी चालक भीमदत्त नगरपालिका वडा नम्वर १३, वडैपुर निवासी २९ वर्षीय रविन बिष्टलाई पक्राउ गरि बरामद लागुऔषधसहित पक्राउ परेका बिष्टलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बुझाइएको छ ।
Comments are closed.