महेन्द्रनगर । वेदकोट नगरपालिका वडा नम्वर ३ मा खुल्ला देउडा प्रतियोगिताको आज उदघाटन गरिएको छ । नौलाकोट पनेरु समाजले आयोजना गरेको उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमा मनाईने मौलिक पर्व गौराको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको नौलाकोट पनेरु समाजका अध्यक्ष सिताराम पनेरुले जानकारी दिए ।

पछिल्लो समय नयाँ पुस्ताहरुले पनि हाम्रो समुदायमा रहेको मौलिक परम्परा, रितिरिवाज संस्कृतीहरुको जानकारी लिन र परम्पराको हस्तान्तरण होस भनेर पनि यो प्रतियोगिताको आयोजना गरिएको उनले बताए । नयाँ पुस्ताहरु यो संस्कृती प्रति उदार रहेको उनले बताए । सबैलाई यो कला संस्कृतीको जानकारी पनि रहनु पर्ने उनले भने, उक्त प्रतियोगितामा ४ पुरुषको टिम र ४ महिलाको टिम सहभागी रहने र उत्कृष्ट टोलीलाई पुरुस्कार सहित सम्मान गरिने उनले जानकारी दिएका छन् ।

उक्त उदघाटन कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफनो भनाई राख्ने क्रममा यस्ता प्रतियोगिताले आफनोपन, आफनो मौलिकता, संस्कृतीको पहिचानका साथै हराउँदै गएका परम्परा लोक संस्कृतीको संरक्षण हुने बताइन् । गौरा पर्व भनेको सुदूरपश्चिमको महान पर्व रहेको र यो पर्वको शुभ अवसरमा सबैको भलो सबैको उन्नती र प्रगती हुने बिस्वास लिएको बताईन् । यो पर्व परापूर्व कालदेखी न्वाँगीराजाको पालामा सुरु भएको र महिलाहरुले स्वतन्त्र भएर आफनो कला मौकिलता पहिरन सहित गौरा पर्वमा गाइने फाग धुमारी मार्फत आफनो पहिचान गर्ने मौका पाउने बताईन् ।
यसको संरक्षण सम्वद्र्धनको आवस्यक रहेको बताउँदै यो कला संस्कृती र पहिचानको जेगर्ना गर्न आफु स्वयमले र पालिकाले गर्ने सहियोगका लागी तत्पर रहेको जिकिर गरिन् । देउडा प्रतियोगिता ६ गतेदेखी ८ गतेसम्म संचालन हुने भएको छ । कार्यक्रमको संचालन वडा नम्वर ३ का वडा सदस्य एवम समाजका सचिव उद्धवराज पनेरुले गरेका थिए ।
Comments are closed.