महेन्द्रनगर । कञ्चनपुरमा स्क्रब टाइफसबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका ४ बस्ने ६३ वर्षिय टोप बहादुर रोकायाको मृत्यु भएको हो ।
केही समय देखि स्क्रब टाइफसका कारण कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको रोकायाको स्वास्थ्य अवस्थामा बढी समस्या देखिएपछि भारतको लखनउ रेफर गरिएको थियो ।
भारतको लखनउमा उपचारका क्रममा मंगलवार रोकायाको मृत्यु भएको आफन्तले बताएका छन् । पछिल्लो समयमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।
Comments are closed.