महेन्द्रनगर । देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन नसकिरहेका बेला त्यसको प्रभाव कञ्चनपुरमा पनि परेको छ।
ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ताहरू सिलिन्डर लिन बिहानैदेखि लामो लाइनमा बस्न बाध्य भएका छन्। शुक्रबार महेन्द्रनगर बजारमा ग्यास लिनका लागि बिहानैदेखि उपभोक्ताहरूको लामो लाइन लागेको देखिएको हो।
घण्टौँसम्म लाइनमा बसेर ग्यास पर्खिनुपर्ने अवस्था आएपछि सर्वसाधारणले सास्ती खेपिरहेका छन्।
ग्यासको नियमित आपूर्ति हुन नसक्दा घरायसी उपभोक्तासँगै होटल तथा अन्य व्यवसायसमेत प्रभावित भएका छन्।
ग्यास सहज रूपमा उपलब्ध नहुँदा दैनिक खाना पकाउनसमेत समस्या हुन थालेको स्थानीयहरूको गुनासो छ। भीमदत्त नगरपालिका १८ की लक्ष्मी भट्टले सबै भन्दा बढी भाडामा बस्नेहरुलाई समस्या भएको बताउनु भयो ।
कोठामा गयास सकिएपछि आगो बाल्न पनि नसकिने, होटलमा गएर खाना खानु परेको बताउनु भयो । सजिलै ग्यासको उपलब्धता नभएको उहाँले बताउनु भयो ।
देशका विभिन्न स्थानमा पनि पछिल्लो समय ग्यासका लागि लामो लाइन लाग्ने र सहज रूपमा सिलिन्डर नपाउने समस्या देखिएको छ।स्थानीय उपभोक्ताले ग्यासको आपूर्ति नियमित र सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
Comments are closed.