कोरोनाको संक्रमण कञ्चनपुरमा नभित्रियोस् भन्नका लागि पालिकामा विभिन्न जनचेतनामुलक तथा अन्य पुर्व तयारी
विश्वका धेरै मुलुकहरुमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण कञ्चनपुरमा नभित्रियोस् भन्नका लागि कञ्चनपुरका स्थानीय तहहरुले पहल गरि रहेको बताएका छन् ।
कञ्चनपुरमा रहेका पालिकाहरुले आआफ्ना पालिकामा विभिन्न जनचेतनामुलक तथा अन्य पुर्व तयारीका कामहरु गरि रहेको बताएका हुन् । यसैविच कञ्चनपुरको वेदकोट नगरपालिकाले नगरवासीहरुलाई संक्रमण नफैलियोस भन्नका लागि विभिन्न कार्यक्रमहरु गरि रहेको जनाएको छ ।
नगरपालिकामा विपदमा काम गर्ने दु्रत प्रतिकार्य टोली गठन गरिएको बताउदै वेदकोट नगरपालिकामा रहेको स्वास्थ्य शाखाका प्रमुख हरिषा पालले नगरका प्रत्येक टोलटोलमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन भइ रहेका बताउनु भयो ।
स्वास्थ्य शाखा प्रमुख पालका अनुसार सञ्चार माध्यमहरुबाट समेत नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनचेतनामुलक शन्देशहरु प्रसारण÷ प्रकाशन भइ रहेका छन् । यस्तै नगरपालिकाले स्वास्थ्य संस्थामा काम गर्ने व्यक्ति र नगरपालिकामा काम गर्ने व्यक्तिहरुलाई निशुल्क मास्क ( मुखावरण) उपलब्ध गराउने योजना बनाएको समेत उहाले बताउनु भयो ।
नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य संस्थामा कार्यरत व्यक्तिहरुले नै मास्कको प्रयोग गर्दा अरु व्यक्तिहरुले समेत त्यसको अनुसरण गर्दै स्वास्थ्यप्रति संवेदनशिल हुने उहाको भनाई छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सम्पुर्ण नगरपालिकाका संयन्त्र प्रयोग गरि रहेको जनाएको छ ।
यसैगरि कञ्चनपुरकै पुर्नवास नगरपालिकाले पनि सरोकारवालाहरुसंग सम्न्वय गरि कोरोना भाइरसको संक्रमण नभित्रियोस् भन्नका लागि पहल भइ रहेको पुर्नवास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले बताउनु भयो । विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भइ रहेको उहाले बताउनु भयो ।
साथै नगरपालिकाले सुरक्षा निकायका व्यक्तिहरुसंग समेत समन्वय गर्नुका साथै सीमानाकाबाट खाद्य वस्तुहरुको आयातमा समेत कडाइ गरिएको पुर्नवास नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले स्थानीय स्वास्थ्य शाखासंग समन्वय गरि घरदैलो अभियान समेत सञ्चालन गर्ने भइ रहेको पुर्नवास नगरपालिकाका उपप्रमुख शारदा बिष्टले बताउनु भयो ।
यस्तै कञ्चनपुरको महाकाली नगरपालिकाले पनि भारतबाट भित्रिने मासुजन्य पदार्थको आयातमा कडाइ गरिएको जनाएको छ । महाकाली नगरपालिकाका सुचना अधिकारी रघुनाथ भट्टले नगरपालिकामा क्षेत्रभित्र १० ओटा हेल्प डेस्क स्थापना गरिएका बताउनु भयो ।
उहाका अनुसार नगर स्तरिय विपद व्यवस्थापन समितिको बैठक चैत ४ गते बस्ने जानकारी गराउनु हुदै सुचना अधिकारी भट्टले होर्डिङ बोर्ड, रेडियो, पत्रपत्रिकाबाट चेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन भइ रहेका बताउनु भयो । नगर प्रमुखको संयोजकत्वमा कोरोना भाइरसको संवेदनशिलताकै विषयमा चैत २ गते समेत बैठक बसेको उहाले जानकारी दिनु भयो ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा पनि हेल्प डेस्क राख्नेदेखि लिएर जनचेतनामुलक कार्यक्रमहरु भइ रहेको नगर प्रमुख पोतीलाल चौधरीले बताउनु भयो । उहाका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ६ खजुरीयाबाट बेलौरी बजार आउने छोटी भन्सारमा हेल्प डेस्क स्थापना गरिएको छ ।
त्यसैगरि नगर क्षेत्रभित्र थप ३ वटा हेल्प डेस्क स्थापना गर्ने तयारी भइ रहेको नगर प्रमुख चौधरीले बताउनु भयो । नगर प्रमुखको संयोजकत्वमा नगर स्तरिय समिति समेत गठन गरिएको बताउदै उहाले जनचेतनामुलक कार्यहरु समेत समितिद्धारा भइ रहेका बताउनु भयो ।
बेल्डाडाी गाउपालिकाले पनि सरोकारवालाहरुसंगको समन्वयमा कोरोना भाइरसको संक्रमणको संवेदनशिलतालाई ध्यानमा राखेर काम गरि रहेको जनाएको छ । बेल्डाडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापाले हिजो चैत २ गते स्वास्थ्यकर्मीहरुसंग छलफल गरिएको बताउनु भयो ।
गाउपालिकाका सीमानासंग जोडिएका वडाहरुमा जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरि रहेका उहाले बताउनु भयो ।
Comments are closed.