टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै प्रदर्शन

महेन्द्रनगर । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध प्रदर्शन गरिएको छ। सोमबार माइतीघर मण्डलामा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध र्‍याली निकालिएको हो।

टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्।

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनवाई हुँदैछ। कार्तिक २७ गते सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सम्बन्धित

Comments are closed.