महेन्द्रनगर। ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउने युवक दुबै युवकको सनाखत भएको छ। मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएपछि प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनाव सिर्जना भएको थियो ।
प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। प्रहरीले चलाएको गाली लागेर गम्भीर घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले २३ जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए।
Comments are closed.