भीमदत्त नगरपालिका १२ ले गरेका कार्यक्रम र आगामी वर्षमा गर्ने योजनाहरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ले आफनो वडामा शिक्षा, स्वास्थ्य, सडक, लक्षित वर्गहरु संगको कार्यक्रमहरु लाई संचालन गरिरहेको छ । वडा अध्यक्ष भुपेन्द्रसिंह रावलले शिक्षाको क्षेत्रमा वडामा रहेको सबै भन्दा बढी विद्यार्थी संख्या रहेको पूर्णा मावीमा विद्यार्थीहरु र शिक्षकहरुको गतिविधीहरु थाहा पाउनका लागी १६ वटा सिसिटिभी क्यामेराहरु जडान गरिएको बताए ।

विद्यालयमा कसरी शिक्षकहरुले अध्यापन गराई रहेका छन् र विद्यार्थीहरुको गतिबिधी पनि जानकारी लिनका लागी १६ वटा सिसिटिभी क्यामेरा र ई हाजिरी जडान गरिएको उनले बताए । जस्ले गर्दा उक्त विद्यालयमा र विद्यार्थीहरुको गतिबिधी थाहा हुने शिक्षकहरु पनि समयमा उपश्थिती हुने र पढाईमा पनि गुणस्तर आउने अपेक्षा लिएको वडा अध्यक्ष रावले बताए । साथै, महिनावारी भएपछि विद्यालयमा रहेका छात्राहरुलाई सहजताका लागी सेनेटरी प्याडका लागी पनि व्यवस्था गरिने उनले बताए ।

बिभिन्न गैर सरकारी संस्थाहरु संग समन्वय गरिरहेको र निकट भविश्यमा उनिहरुलाई विद्यालयमा नै सेनेटरी प्याडहरु उपलब्ध गराईने व्यवस्था गरिने वडा अध्यक्ष रावलले बताए । साथै स्वास्थ्यको क्षेत्रमा पनि वडाले बिभिन्न स्वास्थ्य शिविरको आयोजना गरिरहेको बताए । गत आर्थिक वर्षमा आँखा शिविरको आयोजना गरिएको र उक्त शिविरबाट ३ सय ६५ जना भन्दा बढीले स्वास्थ्य लाभ लिएको उनले जानकारी दिए । साथै उक्त आँखा शिवीरमा ६५ वर्ष माथीका लाई निशुल्क चश्मा वितरण र अरुलाई बजारमा ५ सय रुपैँयामा पाई चश्मा १ सयमा उपलब्ध गराईएको बताए ।

उनले उक्त शिविरमा स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको बताए । साथै यो आर्थिक वर्षमा महिला लक्षित स्वास्थ्य शिविर संचालन गर्ने स्वास्थ्य स्वयम सेविकाहरुलाई कार्य गर्न छिटो र छरितो होस भनेर साईकल प्रदान गर्ने योजना रहेको बताए । साथै वडामा रहेका आफर संचालन, कपडा सिलाई र जुत्ता बनाउने स्थानियहरुलाई आधुनिक पेश ागर्नका लगी बिभिन्न समानहरु वितरण गरिरहेको बताए ।

साथै वडामा अहिले बिभिन्न ठाउँमा सडक निर्माण भईरहेको र बैजनाथ टोलमा प्रदेश सरकारको बजेटबाट कालोपत्रे गरिएको र भगवती टोलमा आफनै लगानीमा वडाले कालोपत्रे गरेको र आफुले योजना गरे बमोजिम आर्थिक तरलताले गर्दा काम हुन नपाएको बताए । उनले भविश्यमा ठुला योजना र तिब्रगतीमा अन्य काम गर्न सकिने बताए । साथै उनले सडक बत्तीमा पनि वडाले राम्रो काम गरेको उनले जानकारी गराए । अहिले ९३ वटा ठुला सडक बत्तीहरु र २९ वटा भन्दा बढी ह्युमपाईपहरु र विद्युत पोल ११ वटा वितरण गरिएको बताए ।

साथै महेन्द्रनगर वितरण केन्द्र संगको सहकार्यमा वडाले ३ लाख र वितरण केन्द्रले ३ दिएर काम गरिरहेको बताए । साथै वडामा लागुऔषधको पनि समस्या विकरालरुपमा रहेको उनले बताए । यो विषयमा सुरक्षा निकायसंग सुरक्षा निकायसंग रहेर वैठक बसेर लागुऔषधका विषयमा पनि कसरी कमगर्न सकिन्छ भनेर छलफल गरिएको उनले बताए ।

साथै , वडमा निर्माण भईरहेको ४ लेन सडकको योजना रहेको र महाकाली नदीमा ताल निर्माण भईरहेको उक्त तालमा पनि मोटर बोट संचालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि ल्याउन सक्ने बताए । साथै आफनो वडा विपदको उच्च जोखिममा रहेको भएकाले विपदको टिमका लागी शसस्त्र प्रहरी नेपाली सेनाहरुलाई पनि तैयार रहने गरी संयन्त्र तयार गरिएको टोलहरुमा पनि विपद व्यवस्थापन समितिी बनाएर काम भईरहेको बताए ।

साथै अहिले वडाले सबै भन्दा बढी टोल विकास समितीलाई बढी सक्रिय गराएर नै काम गरिरहेको उनले बताए । यदी कुनै पनि टोलमा भएका समस्या आवस्यकपर्ने योजना कार्यक्रमहरु टोल विकास समिती मार्फत आउनु पर्ने र उक्त विषयमा आवस्यक छलफल गरिने उनले बताए ।

सम्बन्धित

Comments are closed.