कोभिड १९ (कोरोना) रोकथामका लागि मेडिकल सामान बोकेर गएको नेपाली सेनाको स्काई ट्रक सम्बन्धित स्थानमा नपुगी बाटोबाटै फर्किएको छ। सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको स्रोतले जनाएको छ।
मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक सोमबार बिहान उडेको थियो। तर, बीचबाटै फर्किएको विमानस्थल स्रोतले जनाएको छ।
Comments are closed.