भीनपा १२ ऐरीमा रहेको पूर्णा माध्यामिक विद्यालयलको ६३ औँ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ऐरीमा रहेको पूर्णा माध्यामिक विद्यालयलले वार्षिकोत्सव एवम अभिभावक दिवश सम्पन्न गरेको छ । विद्यालयले आफनो ६३ औ वार्षिकोत्सव एवम अभिावक दिवश सम्पन्न गरेको प्रधानाध्यापक धनिदत्त पन्तले जानकारी दिएका छन् ।

उनले २०१७ सालमा यो विद्यालयको स्थापना भएको बताए र साथै विद्यालयले यो शैक्षिक सत्रमा के कस्ता गतिबिधी संचालन गय्रंो ? के कस्ता चुनौती रहे ? र लेखा प्रतिवेदन पनि अभिभावक माझ प्रस्तुत गर्ने कार्यक्रम गरिएको बताए । बिभिन्न आरोह अबरोह पार गर्दै विद्यालयले आफनो ६३ औँ वार्षिकोत्सव एवम अभिावक दिवश मनाएको बताउँदै, विद्यार्थीहरुल ेहासिल गरेका शैक्षिक उपलब्धीहरु र खेलकुदमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई पुरुस्कार वितरण गर्ने, र बिभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत भएको जानकारी दिए ।

अहिले उक्त विद्यालयमा ११ वटा भवन रहेको भएपनि विद्यार्थीहरुको संख्याको आधारमा कक्षाकोठाहरु अभाव रहेको उनले बताए । १२ सय भन्दा बढी विद्यार्थीहरु अहिले उक्त विद्यालयमा अध्ययन गरिरहेको प्रधानाध्यापक धनिदत्त पन्तले बताए । अहिले उक्त विद्यालयमा ३ वर्षे डिप्लोमा ईन ईन्जिनियरिङको पनि अध्यापन भईरहेको बताए ।

कक्षा ११ की छात्रा पुजा धामीले विद्यालयमा भएको वार्षिकोत्सव आयोजनाले खुसी भएको बताईन् । साथै उनले, बिभिन्न विधामा विद्यार्थीहलाई पुरुस्कार दिने, विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि हुने भएपछि सबै रमाउने बताईन् ।

उनले जसरी समुदायमा आउने चाडपर्वले जस्तो खुसी दिन्छ त्यस्तै खुसी आफनो विद्यालयमा आयोजना हुने वार्षिकोत्सवले दिने बताईन् । उक्त कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुकोपनि आयोजनागरिएको थियो ।

सम्बन्धित

Comments are closed.