वेदकोटमा उप मेयर नवजात शिशु स्वागत कार्यक्रममा पोषण खानेकुरा पाएपछि खुसी

महेन्द्रनगर । कञ्चनपुरमा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । जिल्लाको वेदकोट नगरपालिकाले उप मेयर नवजात शिशु स्वागत कार्यक्रम अन्तरगत सुत्केरी महिलाहरुलाई पोषण सामग्रीहरु वितरण गरेको हो । वेदकोट नगरपालिकामा रहेको १० वटै वडामा रहेका जन्मेदेखी ४५ दिनका सुत्केरी महिलाहरुलाई विभिन्न पोषणयुक्त खानेकुराहरु वितरण गरिएको छ ।

एक झोलासहित उक्त भित्र घिउ, काजु बदाम, नरिवल, सुजी, चिनी अण्डा लगायतका पोषण खानेकुराहरु राखेर वितरण गरिएको छ । वेदकोट नगरपालिका २ का बिमला भट्टले आफु लगायत अन्य महिलाहरुले पाएको यो पोषणयुक्त खानेकुराहरुले केहीदिन भएपनि खान पाउँने र आर्थिक रुपमा कमजोर भएकाहरुले पनि पोषणयुक्त खाना खाएर आफु रह आफनो बच्चालाई स्वस्थ्य राख्न सक्ने बताउनु भयो ।

साथै उहाँले आफुले यो पोषण खाना पाएपछि खुसी लागेको र आगामी दिनमा पनि यो कार्यक्राले निरन्तरता पाउनु पर्ने बताउनु भयो । उहाँले यो कार्यक्रम संचालन गरेकोमा नगर उपप्रमुख तुलसी जोशीलाई धन्यवाद व्यक्त गर्नु भयो । यस्तै आफनो २५ दिने शिशु लिएर पोषणयुक्त खानेकुरा लिन पुग्नु भएका वेदकोट नगरपालिका ४ का तारा भट्टले पनि यो कार्यक्रम अति नै लाभदायीक रहेको बताउनु भयो ।

“महिलाहरुको पिडा बुझेर नै यो कार्यक्रम उपप्रमुख जोशीले गर्नु भएको हो जस्तो लाग्यो” उहाँले भन्नु भयो, “यस्तो कार्यक्रम त सधै हुनुपर्दछ, दाल भात मात्रै पनि खानाको रुपमा खान नपाउने कतिपय सुत्केरीहर महिला हुनुहुन्छ उहँहरुले पनि यो खान पाउने छन्”। वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले सुत्केरी महिलाहरुलाई पोषिलो खाना खुवानु पर्दछ है भनेर परिवारका सदस्यहरुलाई जानकारी दिन पनि यो कार्यक्रम लागु भएको बताउनु भयो ।

साथै सुत्केरी भएको बेलामा सबै प्रकारका खानाहरु खान नदिने प्रचलन रहेको अवस्थामा परिवारका सदस्यहरुलाई सिकाउनका लागी पनि र सम्मान स्वरुप यो कार्यक्रम गरिएको जानकारी दिनु भयो । कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले गत वर्षदेखी नै यो कार्यक्रम संचालन गरेको भएर यो वर्षमा पनि त्यसैलाई निरन्तरता दिनका लागी यो कार्यक्रम गरिएको बताउनु भयो ।

नयाँ जन्म लिएर शिशु यो पृथ्वीमा आउँछ उसलाई स्वागत गर्न, जन्म भएको बेलामा आमाले बच्चालाई पछि गएर सरकारले पनि स्वागत गरेको थियो भनेर आफना बच्चालाई भनुन र उहाँ महिलाहरुलाई स्थानिय सरकार छ है भन्ने जानकारी दिन यो कार्यक्रम लागु भएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.