कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनकाबीच भारतबाट ५ जना नेपाल प्रवेश गरेका छन् ।
नेपाल सरकारले नेपाल प्रवेश गर्न रोक लगाएका कारण हजारौँ नेपाली सीमामा अलपत्र परेको अवस्थामा भारतको हरियाणाबाट ५ जना नेपाली सहजै भजनी नगरपालिका-५, गुलरिया घाट हुँदै कैलाली प्रवेश गरेको र उनीहरु सबै वडा नम्बर ५ कै बासिन्दा रहेको पाइएको छ ।
भारतसँग सीमा जोडिएको कैलालीको १०१ किलोमिटर पुरै सिल गरेको दावी गर्ने सशस्त्र प्रहरीलाई समेत छक्याउँदै उनीहरु शुक्रबर नेपाल प्रवेश गरेका हुन् ।
दुई पुरुष, दुई महिला र एक बच्चासहित नेपाल प्रवेश गरेका उनीहरुले स्थानीय जनप्रतिनिधिलाई समेत ढाँटे का हुन् ।
आफूहरु नेपालबाट आएको भनेपछि वडा नम्बर ५ का अध्यक्ष केशव बुढाले उनीहरुलाई क्वरेण्टीनमा पठाएको बताउनुभयो । हाल उनीहरु पाँचै जनालाई भजनी नगरपालिका-३ मा रहेको महुन्याल माविमा निर्मित क्वरेण्टीनमा राखिएको छ ।
Comments are closed.