भावुक बने दिनदुखी बेसहाराहरु जब समाजसेवी विनय प्रकाश मल्लले खाद्यन्न पठाए

महेन्द्रनगर । नेपालीहरुको महान चाँडपर्व दशै घर आागनमा आएको छ, तर कतिपय परिवारहरु लाई आफनो छाँक टार्न पनि धौधौ भएको छ । गरिब दिनदुखी पिछडिएका परिवारहरुको लागी दशैमा एकछाक खानको लागी पुगोस र मुहारमा खुसी छावस भनेर युवा समाजसेवी विनय प्रकाश मल्लले ३७ जना परिवारहरुलाई खाद्यन्न सहयोग गर्नु भएको छ ।

खाद्यन्न पाएपछि उनिहरुले खुसी ले आफनो आाशु थाम्न सकेन र समाजसेवी मल्ललाई धन्यवाद र आशिर्वाद दिए । डडेल्धुरका विभिन्न क्षेत्रमा रहेका विपन्न, अशक्त, बेसहारा भएकाहरुलाई साजसेवी मल्लले खाद्यन्न सहयोग गर्नु भएको हो । जिल्लाको अमरगढि नगरपालिका वडा न १ डोला, मनना ,भेटा ,बन्ड तथा वडा न ११ का गरिब,बिपन्न,अशक्त र सहारा बिहिनहरुलाइ राहत स्वरुप ३७ परिवारलाइ खाद्यान्न (चामल ,दाल ,नुन तेल , चीनी , साबुन आदी ) बितरण गरिएको छ ।

भौतिक शरीर सात समुद्र पारि भएपनि मन ,मस्तिष्क सदैव आफ्नो जन्म भुमिमा राखेका उनले गरिब दुखिलाइ सदैब सहयोग गर्दै आएका छन । हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् ।

जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् । सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ ।

समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन ।

जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।

सम्बन्धित

Comments are closed.