विज्डम किड्सले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रहेको विज्डम किड्सले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८३ का लागि अभिभावकहरु संग उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

उक्त अवसरमा विद्यालयले नयाँ शैक्षिक सत्रका योजना, शिक्षण विधि तथा विभिन्न अतिरिक्त क्रियाकलापहरूबारे जानकारी गराएको थियो । कार्यक्रममा शिक्षक तथा अभिभावकहरूलाई समेत सहभागी गराई विभिन्न खेलकुद, खेलमा आधारित सिकाइ पिएलइ, इनडोर तथा आउटडोर खेल, शारीरिक व्यायाम मार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिएको थियो।

साथै, नृत्य, सङ्गीत तथा भूमिका निर्वाह रोल प्ले नाटक जस्ता सिर्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको थियो । जसले कार्यक्रमलाई अझ आकर्षक र प्रभावकारी बनाएको थियो ।

साथै, विद्यालयले निरन्तर मूल्यांकन प्रणाली सिएएस सम्बन्धी जानकारी दिँदै विद्यार्थीहरूको सिकाइ प्रगति कसरी मूल्यांकन गरिन्छ भन्ने विषयमा अभिभावकहरूलाई स्पष्ट पारिएको थियो ।

कार्यक्रममा बोल्दै संस्थापक÷प्रिन्सिपल नीलम गुरुङले विद्यालय र अभिभावकबीच सहकार्य सुदृढ गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

अभिभावकहरूले कार्यक्रमलाई जानकारीमूलक, मनोरञ्जनात्मक तथा प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । समग्रमा, कार्यक्रम फलदायी र सफल रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

सम्बन्धित

Comments are closed.