उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष एबम् ब्यबसायी शंकर बोगटी पक्राउ

प्रहरीले उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष एबम् ब्यबसायी शंकर बोगटीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई गए राति अत्तरियावाट पक्राउ गरिएको हो ।

देशभर लकडाउन रहेको अबस्थामा मादक पदार्थ सेवन गरि सवारी चलाउदै बोगटीले सडकमा राखिएका ट्राफिक डिभाईडर फुटाए पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी दक्ष कुमार बस्नेतले गोदावरी न्यूजलाई जानकारी दिए ।

अत्तरियावाट पक्राउ परेका उनलाई राति नै जिल्ला प्रहरी कार्यालय धनगढीमा पठाइएको भएपनि कोरोनाको जोखिमका कारण थुनामा राख्न नसकिएपछि मध्यरात साढे १ बजे परिवारको जिम्मा लगाइएको डिएसपी बस्नेतले बताए । घटना बारेमा थप अनुसन्धान भैरहेको उनले बताए ।

सम्बन्धित

Comments are closed.